After SEE Portal

पदाधिकारी तथा केन्द्रीय कार्यालय सुरक्षाको गृहले ग्यारेण्टी नलिए दुखद निर्णय लिन त्रिवि बाध्य हुने

Bridge Course

त्रिभुवन विश्वविद्यालयलमा कार्यरत पदाधिकारी, शिक्षक तथा केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा कायम गरिदिन विश्वविद्यालयले गृह मन्त्रालयसंग अपिल गरेको छ ।

विश्वविद्यालयललाई नै बन्धक बनाउने गर्ने समूहको खोजी गरी आवश्यक कारबाही र भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गरिदिनुहुन नेपाल सरकार गृह मन्त्रालय समक्ष विश्वविद्यालयले अपिल गरेको हो ।

विश्वविदालयमा भइरहेको अराजकतालाई रोक्न नागरिक समाज, पत्रकार र सबै नागरिकले आ–आफ्नो ठाउँबाट सार्थक पहल गर्न विश्वविद्यालयले प्रेस विज्ञप्ति जारी गरी अनुरोध गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयका पदाधिकारी एवं कर्मचारीहरूको भरपर्दो शान्ति सुरक्षाको अभावमा विश्वविद्यालय सञ्चालन गर्न कठिनाई हुने भएकोले शान्ति सुरक्षाको व्यवस्थापन नभएको अवस्थामा विश्वविद्यालयको गरिमा कायम राख्नका लागि विश्वविद्यालयले दुःखद निर्णय लिन बाध्य हुने व्यहोरा समेत अनुरोध गर्दछ ।’

त्रिवि केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी सङ्घ, कीर्तिपुरका विद्यार्थीको केही समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक काम कारबाही गर्दा बारम्बार कार्यालयमा जबर्जस्ती प्रवेश गरी अवरोध सिर्जना गर्गै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विद्यार्थीको एक समूहले पदाधिकारीको कार्यकक्षमा जबर्जस्ती प्रवेश गर्ने तथा तोडफोड गर्ने जस्ता कार्यहरू बारम्बार हुने गरेकाले विश्वविद्यालय परिसरमा बसी छलफल गर्न सुरक्षाको दृष्टिले असहज परिस्थिति सिर्जना भएको छ । छलफल तथा विश्वविद्यालयसँग सम्बन्धित विषयमा निर्णय गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को वैठक कान्तिपथ, जमलस्थित होटल एल्लो प्यागोडामा भदौ १० गते बेलुकी साढे चार बजे बस्ने क्रममा त्रिवि कीर्तिपुरमा अध्ययनरत नेपाल विद्यार्थी सङ्घसंग आबद्ध विद्यार्थी हौं भन्दै १०–१५ जनाको समूह जबर्जस्ती बैठक कक्षमा प्रवेश गरी उपस्थित पदाधिकारी, कार्यकारी परिषद्का सदस्यहरू एवं कर्मचारीबाट कार्यकारी परिषद्का विगतका निर्णय सहितको पुस्तिका एवं अन्य महत्त्वपूर्ण कागजपत्र र फाइलहरू खोस्ने,कब्जा गर्ने, पदाधिकारी तथा कर्मचारीहरूलाई हातपात गर्न खोज्ने आदिजस्ता अभद्र व्यवहार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘त्रिविको महत्त्वपूर्ण कागजात लुटी लिने कार्य गरेको प्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘देशको अस्तित्वसँग सार्थक सम्बन्ध रहेको शिक्षा क्षेत्रको धरोहर बनेको मन्दिर त्रिभुवन विश्वविद्यालय जस्तो शिक्षण संस्थाका पदाधिकारी एवं कर्मचारी प्रति गरिएका यस्ता गतिविधिहरूलाई सभ्य समाजका कुनै पनि व्यक्तिले स्वभाविक मान्न सक्दैन ।’

संविधान तथा कानूनले प्रत्याभूत गरेको संवैधानिक तथा कानूनी हकको विपरीत हुनेगरी कानून आफ्नो हातमा लिई पदाधिकारीको कार्यकक्षमा जबर्जस्ती प्रवेश गरी जनताको करबाट उठेको रकमबाट खरिद गरिएका सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, सो समयमा सुरक्षाकर्मी मुकदर्शक भएर हेरिरहने, पदाधिकारीलाई कार्यकक्षमा प्रवेश गर्न निषेध गर्ने, पदाधिकारी तथा कर्मचारीहरू प्रति दुर्व्यवहार गर्ने कार्यले विश्वविद्यालयको नियमित कामहरू प्रभावित भएका त्रिविले जानकारी दियो ।

आर्थिक क्षेत्र प्रभावित

त्रिवि केन्द्रीय कार्यालयको लेखा शाखामा तालाबन्दी भएको कारण त्रिविको समग्र आर्थिक क्षेत्र धारासायी भएको छ ।

त्रिविका देशैैभरिका क्याम्पस कार्यालयहरूका शिक्षक कर्मचारीहरूले गत असार महिनादेखि नै तलब पाउन नसकेको, निवृत्त शिक्षक तथा कर्मचारीहरूले निवृत्तभरण तथा उपदान पाउन नसकेको विज्ञप्तिमा उल्लेख छ ।

विद्युत प्राधिकरण, टेलिफोन तथा खानेपानीको नियमित रूपमा भुक्तानी गर्नुपर्ने रकम समयमा भुक्तानी नगर्दा त्यस बापत विश्वविद्यालयले लाखौँ रुपियाँ जरिवाना शुल्क बुझाउनुपर्ने स्थिति सिर्जना भएको छ । केन्द्रीय कार्यालयको मुख्य प्रशासनिक भवनमा गरिएको तालाबन्दी र काम गर्न गरिएको अवरोधको कारणले विश्वविद्यालयका दैनिक कामकारबाही रोकिएका छन् ।

A Levels MA
Thuprai - Books and E-books