After SEE Portal

अस्तव्यस्त बन्दै विश्वविद्यालयका कार्यक्रम

Bridge Course

पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसको संक्रमणका कारण विश्वविद्यालयका सम्पूर्ण कार्यक्रम अस्तव्यस्त हुँदै गएका छन् ।

सरकारले गत चैत्रमा गरेको निर्देशनअनुसार स्थगित गरिएका विश्वविद्यालयका विभिन्न तहका परीक्षा अहिले सम्म सञ्चालन हुन सकेका छैनन। साउन ११ गते मध्यरातमा सरकारले लकडाउन खोलेसंगै विभिन्न विश्वविद्यालयले तय गरेका परीक्षाहरू पछिल्लो चरण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै धमाधम स्थघन गर्न थालिएको छ ।

आजमात्र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय (परीक्षा नियन्त्रण महाशाखा) ले आफ्ना पूर्व निर्धारित परीक्षा कार्यक्रम स्थगित गरेको छ ।

सो संकायको डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुर, काठमाडौंद्वारा संचालित स्नातक तथा स्नातकोत्तर तहका विविध कार्यक्रम तथा सत्रका सत्रान्त परीक्षाहरू स्थगित गरेको हो । सहायक डीन प्राडा ध्रुवकुमार गौतमद्वारा हस्ताक्षरित सूचनामा गत साउन ९ गते आगामी भाद्र महिनाको दोस्रो हप्ता देखि परीक्षा सञ्चालन हुने सूचना जारी गरेको भएपनि हाल कोभिड-१९ को महामारी बढिरहेको र जिल्ला प्रशासन कार्यालयहरूबाट विभिन्न जिल्लामा निषेधाज्ञा समेत जारी भएकोले यस संकायको परीक्षा नियन्त्रण महाशाखाद्वारा लिइने सम्पूर्ण परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरिएको छ ।

खुला विश्वविद्यालयको हालत पनि उस्तै

प्रविधिका माध्यमबाट शिक्षण गर्दै आएको खुला विश्वविद्यालयको कार्यक्रम पनि अस्तव्यस्त हुँदै गएको छ । इन्टरनेटका माध्यमबाट शैक्षिक क्रियाकलाय सञ्चालन गर्ने यो विश्वविद्यालले पनि  व्यवस्थापन तथा कानून संकायले एमबीए तथा एमएसडीएमजीको २०७७ को प्रवेश परीक्षा स्थगित गरेको छ ।

विश्वविद्यालयले प्रविधिमा समस्या देखिएक कारण परीक्षा स्थगित गर्नु परेको जानकारी दिए पनि घरैबाट सञ्चालन गर्न सकिने परीक्षा यो विश्वविद्यालयले हालै स्थगित गरेको हो ।

खुला विश्वविद्यालयले परीक्षाका साथै विभिन्न तहका लागि लिइने अन्तवार्ता समेत अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको डीन प्राडा शीलु मानन्धर (बज्राचार्य) ले जानकारी दिइन् ।

सो विश्वविद्यालयका विभिन्न संकाय र तहमा अहिले करिब २ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् । सामाजिक तथा शिक्षाशास्त्र, व्यवस्थापन र कानुन, विज्ञान स्वाथ्य, आमसञ्चार र प्रविधि विषयमा पढाइ भइरहेको छ ।

विश्वविद्यालयले विगतमा फेस टु फेस परीक्षा लिने गरेका कारण प्रविधिमा समस्या देखिएको कारण परीक्षा स्थगित गरेको विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्माले बताए ।

यो विश्वविद्यालयले पनि विभिन्न सेमेस्टरका परीक्षा एक वर्ष बितिसक्दा पनि सञ्चालन गर्न नसको विद्यार्थीहरू बताउँछन् ।

 

A Levels MA