Bachelors Portal

गुणस्तरभन्दा सम्बन्धन विस्तारको होडमा विश्वविद्यालय, राजर्षि जनकको ६० ओटा कलेजमा कार्यक्रम विस्तार (कलेज सहित)

Managed Admission 2022

विश्वविद्यालयले अवैज्ञानिक ढंगले दिएको सम्बन्धनले दीर्घमा समग्र गुणस्तरमा ह्रास ल्याउने विज्ञले बताए ।

इडियुपत्रसंग प्रतिक्रिया दिँदै होड र हरमा अवैज्ञानिक ढंगले शिक्षण संस्थालाई सम्बन्धने दिने प्रवृत्तिले उच्च शिक्षालाई धाराशाही बनाउने बताए ।

हिजो मात्र जम्मा  ७५९  जना विद्यार्थी भएको राजर्षि जनक विश्वविद्यालयले ६० ओटा कलेजलाई आफ्नो कार्यक्रम सञ्चालनका लागि अस्थायी स्वीकृति दिए पछि लिएको प्रतिक्रियामा यस्तो प्रतिक्रिया दिएका हुन् ।

सो विश्वविद्यालयले बीएएलबी, बीएससी सीएसआईटी, बीबीए र बीसीए कार्यक्रमका लागि काठमाडौं उपत्यकालगायत देशभरका अन्य शिक्षण संस्थालाई कार्यक्रम सञ्चालनका लागि स्वीकृति दिएको हो ।

कार्यकारी परिषद्को भदौ १२ गतेको निर्णय अनुसार गत असार ८ गते प्रकाशित सूचनाका आधारमा आवेदन दिने क्याम्पसलाई कार्यक्रम सञ्चालनका लागि स्वीकृति दिएको छ ।

अस्थायी स्वीकृति पाएका संस्थालाई भविष्यमा आवश्यकता र औचित्यका आधारमा अगाडि बढाइने भन्दै विश्वविद्यालयले स्वीकृति पाएका शिक्षण संस्था सार्वजनिक गरेको छ ।

रोजगारीका अवसरको अभाव गुणस्तरीय शिक्षाको खोजी गर्दै लाखौं विद्यार्थी विदेश गइरकेहेको समयमा विश्वविद्यालयले आफ्नो संस्था तथा कार्यक्रम विस्तारमा गलत तरिकाले अघिबढेको सरोकारवालाले बताउँदै आएका छन् ।

संस्थाहरूको पूर्वाधार र गुणस्तर सुधारमा लगानी गर्नुको साटो विश्वविद्यालय दीर्घकालीन प्रभाव वेवास्ता गर्दै पुराना विश्वविद्यालयले सञ्चालन गर्दै आएका पुरानै लोकप्रिय मानिँदै आएका कार्यक्रम विस्तारमा लागेका छन् ।

केही सयम अगाडिमात्र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले ३२ वटा नयाँ कलेजलाई  सम्बन्धन दिएको थियो ।

Select college / campus