SEE Result 2082

त्रिविले सैद्धान्तिक कक्षा अनलाइनबाट र प्रयोगात्मक कक्षा आलोपालो सञ्चालन गर्ने

 त्रिभुवन विश्वविद्यालयले सरकारले वर्गीकरण गरेको कोरोना अतिप्रभावित जिल्लामा सैद्धान्तिक कक्षा अनलाइनबाट र प्रयोगात्मक कक्षा स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरी आलोपालो गर्ने भएको छ ।

त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले ले आज एकसूचना जारी गरी भोलिदेखि नै कोभिड अति प्रभावित जिल्लाहरू (काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, झापा, सुनसरी, मोरङ, सप्तरी, जनकपुर, मकवानपुर, रूपन्देही, बुटवल, चितवन, बाँके, पर्सा, नेपालगन्ज, दाङ, सुर्खेत, बाग्लुङ, महेन्द्रनगर) मा सैद्दान्तिक कक्षाहरू अनलाइनको माध्यमबाट सञ्चालन गर्ने र प्रयोगात्मक कक्षालाई जनस्वास्थ्यका मापदण्डहरूको कडाईका साथ पालना गर्दै विद्यार्थीहरूको पालो मिलाई भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

बाँकी जिल्लाहरूको हकमा स्थानीय निकायहरूसँग समन्वय गरी आवश्यक सुरक्षाका उपायहरू अवलम्वन गर्दै पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ । आवश्यक स्वास्थ्य सावधानी अपनाई परीक्षा सञ्चालन गर्ने । परीक्षा सञ्चालनकालागि आवश्यकसो सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै सात जना भन्दा बढी प्रत्यक्ष उपस्थित भएर बैठक गर्नु पर्ने भए अनलाइनको माध्यमबाट मात्र गर्ने भएको छ । अनलाइन कक्षा सञ्चालनकालागि कसैको इमेल नबनेको भए सूचना प्रविधि तथा नवप्रवर्तन केन्द्रमा सम्पर्क गर्न त्रिविले विद्यार्थीलाई निर्देशन दिएको छ ।

+2 School
Counseling
Bachelors Portal