CMAT

त्रिविको बार्षिक प्रणाली तथा समेस्टर प्रणालीको क्यालेण्डर स्वीकृत (क्यालेण्डरसहित)

त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०८१ को शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ । २०८१ असार २५ गते बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठक  वार्षिक शैक्षिक क्यालेन्डर स्वीकृत गरेको हो ।

त्रिवि शिक्षाध्यक्षका अनुसार उक्त बैठकको निर्णय नम्बर १९६ ले शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ । त्रिविले आफ्नो मातहतका निकायहरूलाई स्वीकृत क्यालेण्डर अनुसार काम गर्न निर्देशन दिएको छ । त्रिवि अन्तर्गतका  संकाय, आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा अध्ययन संस्थानहरूलाई शैक्षिक क्यालेन्डर लागू निर्देशन दिएको हो ।

त्रिविले स्नातक तह र स्नातकोत्तर तहको वार्षिक प्रणाली तथा समेस्टर प्रणालीको फरक फरक क्यालेण्डर बनाएको छ । स्नातक तह सेमेस्टर प्रणाली अन्तर्गत पहिलो सेमेस्टरका लागि २०८१ साउन दोस्रो हप्तादेखि भदौको दोस्रो हप्तासम्म आवेदन खुला गर्ने क्यालेण्डरमा उल्लेख छ । त्यस्तै भदौको तेस्रो हप्ता प्रवेश परीक्षा लिने, असोजदेखि कात्तिकको बीचमा विद्यार्थी भर्ना गरेर मङ्सिरको पहिलो हप्तादेखि कक्षा सञ्चालन हुने क्यालेण्डरमा उल्लेख छ । माघको चौथो हप्तादेखि परीक्षा सञ्चालन हुनेछ । २०८२ वैशाख चौथो हप्तामा पहिलो सेमेस्टरको नतिजा प्रकाशित गर्ने उल्लेख छ ।

त्यस्तै वार्षिक प्रणाली अनुसार स्नातक तह प्रथम वर्षका लागि साउन दोस्रो हप्तादेखि भदौ तेस्रो हप्तासम्म भर्ना र भदौको चौथो हप्तादेखि कक्षा सञ्चालन हुने क्यालेण्डरमा उल्लेख छ । २०८१ को चैत चौथो हप्तामा परीक्षा फारम खुल्नेछ भने २०८२ जेठ पहिलो हप्तामा कक्षा सकिने छ । २०८२ जेठ चौथो हप्तादेखि परीक्षा सञ्चालन हुनेछन् । त्यसको नतिजा २०८२ असोजको दोस्रो हप्तामा सार्वजनिक गर्ने क्यालेण्डरमा उल्लेख छ ।

त्यस्तै स्नातककोत्तर तहको प्रथम सेमेस्टरका लागि २०८१ को मङ्सिरमा आवेदन फारम खुल्ने हुनेछ । पुसमा प्रवेश परीक्षा तथा भर्ना हुनेछ र भने माघ १ गतेदेखि कक्षा सञ्चालन हुने क्यालेण्डरमा उल्लेखछ । चैतको चौथो हप्तादेखि परीक्षा सञ्चालन हुनेछ भने २०८२ असार चौथो हप्ताभित्रमा नतिजा प्रकाशित गर्ने क्यालेण्डरमा उल्लेख छ ।

शिक्षाध्यक्ष प्राडा खड्क केसीले शैक्षिक क्यालेन्डर पारित गरेर लागू गर्न मातहतका निकायलाई निर्देशन दिइएको जानकारी दिए । उनले आफ्नो मातहतका निकायले क्यालेन्डर कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्न एक समिति समेत बनाएको जानकारी दिए ।

त्रिविको बार्षिक प्रणाली तथा समेस्टर प्रणालीको क्यालेण्डर

Thuprai - Books and E-books