Bachelors Portal

नेपाल विश्वविद्यालयको सर्वोच्च निकाय बोर्ड अफ ट्रस्टी रहने  (विधेयकसहित)

Managed Admission 2022

राष्ट्रपति रामचन्द्र पौडेलले गत असोज २३ गते नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण गरे ।

विधेयक प्रमाणीकरण भएसंगै ऐन बन्यो । सो ऐनले विश्वविद्यालय स्थापना र सञ्चालनका लागि केही नयाँ प्रावधान गरेको छ । सो ऐनले विश्वविद्यालयको सर्वोच्च निकायका रुपमा संरक्षक परिषद् (बोर्ड अफ ट्रस्टी) रहने व्यवस्था गरेको छ ।

हालसम्मको अभ्यासमा विश्वविद्यालयको  सर्वोच्च निकायका रूपमा सभा रहने र त्यसको अध्यक्षता कुलपतिका रूपमा प्रधानमन्त्रीले गर्ने प्रचलन छ । नेपाल विश्वविद्यालयमा भने पारित विधेयकअनुसार सर्वोच्च निकायका रूपमा संरक्षक परिषद् रहनेछ । कुलपति संरक्षक परिषद्का सदस्यबाट चयन गरिने उल्लेख  छ ।

शिक्षाविद्को योग्याता तय

यो विधेयकले शिक्षाविद्को योग्यता समेत तोकिदिएको छ । मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधीको उपाधि प्राप्त गरेको, अध्ययन अध्यापन वा अनुसन्धानका क्षेत्रमा  कम्तीमा  १० वर्षको अनुभव हासिल गरेको हुनुपर्ने भनेको छ ।

विश्वविद्यालयको स्थापना

अन्तरविधानात्मक अवधारणा(लिबरल आर्ट)  मा आधारित बहुविधागत गुणस्तरीय अध्ययन अध्यापन र अनुसन्धान मार्फत् दक्ष जिम्मेबार सिर्जनशीलर प्रतिस्पर्धी मानवस्रोतको उत्पादन गर्न, नवीनतम ज्ञानको सिर्जना र वनप्रवर्तन गर्दै समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्याउने भनिएको छ ।

विश्वविद्यालयको संगठन

विश्वविद्यालयमा संरक्षक परिषद्, प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, अनुसन्धान केन्द्र र स्कुलको संगठन संरचना रहने छ ।

उपकुलपतिको योग्यता

विद्यावारिधि गरेको, १५ वर्षको प्राज्ञिक अनुभव भएको र ३५ वर्ष उमेर भएको व्यक्ति उपकुलपति बन्न सक्ने उल्लेख  छ । साविकका विश्वविद्यालयमा जस्तै कार्यकारी प्रमुखको हैसियतमा कार्यसम्पादन गर्न उपकुलपति रहने व्यवस्था गरिएको हो । ४ वर्षे कार्यकाल पूरा गरेको उपकुलपति पुनः नियुक्त हुन नसक्ने प्रावधान छ । स्नातकोत्तर गरेको, शैक्षिक प्रशासन र प्राज्ञिक क्षेत्रमा १० वर्षको अनुभव प्राप्त व्यक्ति रजिस्ट्रार हुन सक्ने उल्लेख  छ ।  सिफारिस समितिको सिफारिसका आधारमा कुलपतिले रजिस्ट्रारको नियुक्ति गर्ने उल्लेख  छ ।

नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न विधेयक (प्रमाणीकरण मिति २०८१–६–२३)

नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न विधेयक (दर्ता मिति २०७९–०८–२०)

Select college / campus