Bachelors Portal

सुर्खेत क्याम्पसमा तीन दिन अगाडिदेखि लागेको ताला अझै खुलेन

Managed Admission 2022

सुर्खेत बहुमुखी क्याम्पसमा तीन दिन अगाडिदेखि लागेको ताला अझै खुल्न सकेको छैन । क्याम्पस प्रमुखले सहमति विपरीत करार प्रक्रिया थालेको भन्दै विभिन्न दल सम्बद्ध प्राध्यापक सङ्गठनहरूले  क्याम्पस प्रशासनमा लगाएको ताला अझै खुल्न नसकेको हो ।

सहमति विपरीत क्याम्पस प्रमुख माधवप्रसाद खनालले अवैधानिक तवरबाट व्यवस्थापन सङ्कायका दुई जनाको मात्र करार प्रक्रिया अघि बढाएको आरोप लगाउँदै आंशिक प्राध्यापकहरू आन्दोलनमा उत्रेका छन् ।

व्यवस्थापन सङ्कायलाई मात्र करार गर्ने निर्णयलाई यथाशीघ्र रद्द गरी विभिन्न समयमा सरोकार पक्ष तथा आंशिक प्राध्यापक सङ्घसँग भएको सहमति पालना गर्न चेतावनीसमेत दिएका छन् ।

उक्त कलेजमा शिक्षा शास्त्र र व्यवस्थापन संकायमा गरी ५०–६० जना आंशिक शिक्षक कार्यरत छन् । पुरानो विज्ञापन अनुसार छनोट भएका आंशिक प्राध्यापकलाई करारमा लाने प्रक्रिया सुरु गरिएको क्याम्पसका सूचना अधिकारी मिना गिरीले जानकारी दिइन् । प्रशासनमा ताला लगाइएको भए पनि त्रिविद्वारा निर्धारित परीक्षा भने क्याम्पसमा सञ्चालन भइरहेको छ ।

Select college / campus