CMAT

आयोगद्वारा विपन्न लक्षित छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सार्वजनिक (नामावली सहित)

विश्वविद्यालय अनुदान आयोगले ‘उच्च शिक्षामा विशिष्टताको प्रर्वधन कार्यक्रम अन्तर्गत विपन्न लक्षित छात्रवृत्ति’ का लागि विद्यार्थी छनोट गरेको छ । छात्रवृत्तिका लागि आवेदन दिएका मध्ये एक हजार ९१२ जना विद्यार्थीलाई आयोगले छात्रवृत्ति प्रदान गरेको हो ।

आयोगले छनोट भएका विद्यार्थीलाई शैक्षिक अनुदान स्वरुप साधारणतर्फ रु. १५ हजार र प्राविधिकतर्फ रु. २१ हजार प्रदान गरिरहेको छ । बैंकले दैनिक १०० देखि १५० जना विद्यार्थीको खातामा पैसा पठाइ रहेको आयोगले जानकारी दियो ।

आयोगले सामुदायिक विद्यालयबाट २०७९ सालमा कक्षा १२ को अध्ययन पुरा गरी हाल स्नातक तह प्रथम वर्ष वा पहिलो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि छनोट गरेको छ ।

आयोगले छात्रवृत्तिका लागि गत पुस एक गते आवेदन फारम भर्नका लागि सार्वजनिक सूचना जारी गरेको थियो ।

छनोटमा परेका विद्यार्थीहरू

Thuprai - Books and E-books