CMAT

शिक्षक सरुवा सम्बन्धी निर्देशिकाले सामुदायिक विद्यालय धारासायी बनाउने

शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१  सङ्घीयताको मर्म, अभिभावक र विद्यालय व्यवस्थापन समितिको अधिकार तथा आम शिक्षकको हितविपरित रहेको सरोकारवालाहरूले बताएका छन् ।

विभिन्न आठ समूहले संयुक्त पत्रकार सम्मेलन गर्दै निर्देशिकाले शिक्षक सरुवा प्रकृया जटिल हुने तथा विद्यालयको आवश्यकता अनुसार विद्यालयले शिक्षक व्यवस्थापन गर्न नपाउने अवस्था सिर्जना हुने बताएका हुन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका अध्यक्ष,गुणराज मुक्तान, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी,   नेपाल अभिभावक महासंघ अध्यक्ष सुप्रभात भण्डारी,  , नेपाल शिक्षक संघ अध्यक्ष, सोमनाथ गिरि,  नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्ष, विष्णु भण्डारी, ।, एकिकृत अखिल नेपाल शिक्षक संगठनका  शंकर अधिकारी,  अखिल नेपाल शिक्षक संगठनका लछि राम शर्मा ढकाल र  अभिभावक संघ नेपालका अध्यक्ष, केशव पुरीले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै निशिकाको कार्यान्वयनले सामुदायिक विद्यालय धराशयी हुने, शिक्षकलाई हतोत्साही बनाउने, विद्यालय सञ्चालन र व्यवस्थापनमा समुदायको जिम्मेवारी र भूमिका खोसिने र सामुदायिक विद्यालय अझ कमजोर हुने दाबी गरेका छन् ।

सार्वजनिक शिक्षा समाप्त पारी महंगो शिक्षालाई प्रोत्साहित गर्ने प्रवृत्तिलाई सहयोग मिल्ने गरी कार्यविधि आएको उनीहरुले जारी गरेको संयुक्त विज्ञप्त्मिा उल्लेख छ ।

Thuprai - Books and E-books