CMAT

असार १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

असार १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको सचिवालयले दिएको जानकारीअनुसार बैठकले विभिन्न निर्णय गरेको छ ।

२०८१ साल असार १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः

१) प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रस्तावमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना  २०८१\८२–२०८५\८६ स्वीकृत गर्ने । 

२) अर्थ मन्त्रालयको प्रस्तावमा जापान सरकारबाट मानव संशाधन विकासका लागि छात्रवृत्ति आयोजनाका लागि प्राप्त हुने जापानी येन ४५४ मिलियन करिव (३८ करोड २२ लाख रुपियाँ) बराबर अनुदान स्वीकार गर्ने  । 

३) अर्थ मन्त्रालयको प्रस्तावमा धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने  । 

४) अर्थ मन्त्रालयको प्रस्तावमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृित दिने । 

५) उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा रानीजमरा कुुलरिया सिँचाइ आयोजनाका लागि कैलाली जिल्ला लम्कीचुहा नगरपालिकास्थित १०७ हेक्टर क्षेत्रफल जग्गा प्राप्ति गर्न स्वीकृति दिने । 

६) कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा नेपाल कानून व्यवसायी परिषद ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने ।

७) वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा तमोर करिडोर, लिपिङ खोला जलविद्युत आयोजना, बुर्तिवाङ–पौडी–अमराई–तमघास –गोरुसिंगे १३२ के।भी।प्रसारण लाइन, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र सुपर घलेम्दी जलविद्युत आयोजनालाई राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

Thuprai - Books and E-books