महानगरपालिकाले सञ्चालन गरेका बाल विकास कार्यक्रम अन्तरराष्ट्रिय स्तरमा सिकाइ योग्य

बाल विकास कक्षाको स्तरउन्नति र सुधारका लागि काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरु अन्तरराष्ट्रिय स्तरमा सिकाइ योग्य भएको दक्षिण एशियाली क्षेत्रका शिक्षा विद्हरुले बताएका छन् ।

गत सोमबारदेखि चलिरहेको दक्षिण एशियाली मुलुकस्तरीय ‘एडभान्सिङ् फाउन्डेसनल लर्निङ् स् गोइङ् टु स्केल इन साउथ एशिया’ विषय कार्यक्रमका सहभागीहरुले महानगरपालिको शिक्षा नीति, शैक्षिक कार्यक्रम, पूर्वाधार, जनशक्ति, शिक्षक विद्यार्थी, विद्यालय र अभिभावकको सम्बन्ध जस्ता कार्यक्रमका बारेमा जानकारी लिएर स्थलगत अवलोकन गरेपछि थालिएका कार्यक्रमको छिट्टै नतिजा देखिने गरी अनुकरणीय प्रयास गरेको प्रतिक्रिया दिनुभएको हो । ‘रचनात्मक सिकाइका लागि नवप्रवर्तनमा आधारित कार्यक्रम, मानव पुँजी विकासमा लगानी, विद्यालयको स्वच्छता, आत्मविश्वाशी र सकारात्मक विद्यार्थी र यसका लागि गरिएको पूर्वाधारमा लगानी अन्य देशका लागि पनि सिकाइ योग्य छ ।’ उनीहरुको भनाइ थियो ।

स्थलगत अध्ययनका लागि महानगरपालिका आएनु अधिकारीहरुलाई सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले प्रस्तुतिकरणमार्फत शैक्षिक सुधारका लागि गरेका नीतिगत प्रबन्ध, प्राथमिक क्षेत्र, बजेट र प्राप्त नतिजाका विषयमा जानकारी गराएका छन् ।

 बालुवाटारमा रहेको महेन्द्र माध्यमिक विद्यालयको प्रारम्भिक बाल विकास कक्षाको अवलोकन गराइएको थियो । अवलोकन गरेपछिको प्रतिक्रिया उनीहरुले, महानगरपालिकाका कार्यक्रम तुलना योग्य, सिकाइ योग्य स्थानमा रहेको उल्लेख गर्दै शिक्षामा गरिएको लगानी सही मार्गमा रहेको बताउनुभएको हो । अवलोकनमा सरकारी अधिकारी, विकास साझेदार, सोचकर्ता, अनुसन्धातालगायत व्यक्तित्वहरु सहभागी थिए ।

महानगरपालिकाले शैक्षिक सुधारका लागि ‘शैक्षिक पूर्वाधार’, ‘शैक्षिक सामग्री’, ‘मानव पुँजी विकास’ र ‘सुशासन, व्यवस्थापन तथा दिगोपना’ लाई प्राथमिकतामा राखेर लगानी गरिरहेको छ । प्रस्तुतिकरणमा झाले भने, ‘४ बर्षभन्दा कम उमेर भएका बालबालिकालाई सिसिडी ९चाइल्ड केयर डिभलपमेन्ट० र ४ बर्षभन्दा माथि कक्षा ३ सम्मका बालबालिकालाई इसिडी ९अर्लि चाइल्ड डिभलपमेन्ट० कार्यक्रम कार्यान्वयन गर्ने नीति अनुरुप काम गरिरहेका छौँ ।’

‘ज्ञान, सिप र आचरणबाट आर्थिक रुपमा स्वाबलम्बन नागरिक उत्पादनको जग बसाउन प्रयत्न भइरहेको छ ।’ झाले भने, ‘सिकाइलाई पुस्तकमा सिमित नगरी परिवेश र समाजबाट पनि सिक्ने अवसर प्रदान गर्नु सिर्जनात्मक सिकाइको मुख्य विशेषता हो ।’

महानगरपालिकाका कार्यक्रममा जिज्ञासा राख्दै सहभागीहरुले, ग्रेड शिक्षक र विषयगत शिक्षकको व्यवस्था, विद्यार्थी भर्ना, कक्षामा नियमितता, अनियमित हुने विद्यार्थीहरुको निगरानी, स्थानान्तरणको अवस्था, संघीयतामा शिक्षा र यसमा स्थानीय सरकारका दायित्वका विषयमा जानकारी लिनुभएको थियो ।

छलफलका क्रममा पुस्तकविहिन शुक्रबारबाट प्राप्त नतिजाका विषयमा छलफल भएको थियो । यस्तै विद्यालयमा शौचालय, खानेपानी, हात धुने व्यवस्था, खेल मैदान, शैक्षिक सामग्री, उमेर समूह अनुसार बस्ने ठाउँ, भौतिक संरचनाको अवस्था र सुरक्षा लगायत विषय चासोका रुपमा व्यक्त भएका थिए ।