Bachelors Portal

केन्द्रले समकक्षता अनलाइनबाट रुजु भएकाको मात्र प्रदान गर्ने

Managed Admission 2022

पाठ्यक्रम विकास केन्द्रले पुस एक गतेदेखि अनलाइनबाट प्रमाणित भएका विद्यार्थीलाई मात्र समकक्षता दिने भएको छ । केन्द्रका अनुसार अनलाइनबाट रुजु भएका विद्यार्थीलाई मात्र सेवा प्रवाह गर्ने भएको जानकारी दिएको छ ।

केन्द्रले जारी गरेको सूचनामा विदेशी शैक्षिक संस्था तथा विभिन्न बोर्डबाट माध्यमिक तह ९कक्षा १० र १२० उत्तीर्ण गरेका परीक्षार्थीहरूले केन्द्रबाट समकक्षता प्रमाणित गराई समकक्षता पत्र लिनुपर्ने भएमा केन्द्रको वेबसाइट www.moecdc.gov.np  या Letter of Equivalance Tab बाट अनलाइन आवेदन दिन सक्ने भएको छ ।

साथै, केन्द्रले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा न्यूनतम ग्रेड नपुगी विदेशी शिक्षण संस्थामा अध्ययन गरेका विद्यार्थीलाई पनि शैक्षिक प्रमाणपत्रको समकक्षता  प्रदान गर्ने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदले यस्तो  निर्णय गरेसंगै अनिवार्य विषयमा  समेत सी प्लस ग्रेड नल्याएका विद्यार्थीले भारतमा गएर कक्षा ११ –१२ अध्ययन गर्ने र राम्रो नतिजा आएको पाइएपछि केन्द्रले यस्तो निर्णय गरेको केन्द्रले जानकारी दियो ।

‘एसईईमा न्यूनतमभन्दा कम ग्रेड ल्याई भारतमा अध्ययन गरी फर्किएका सयौँ विद्यार्थी पीडित रहेको देखेपछि उच्च शिक्षा अध्ययनका लागि बाटो खुलाइदिने निर्णय गरिएको  हो ।’ केन्द्रका एक अधिकारीले भने, ‘अब एसईईमा न्यूनतम १.६ जीपीए प्राप्त गरी विदेशी बोर्डबाट कक्षा १२ वा सोसरहको अध्ययन पूरा गरेर स्वदेश फर्किएकाहरूको शैक्षिक प्रमाणपत्रको समकक्षता निर्धारण गरिदिने निर्णय गरिएको हो ।’ 

Select college / campus