Bachelors Portal

त्रिविको बार्षिक बजेट र६२ औं ग्रेस लिष्ट पारित

Managed Admission 2022

त्रिभुवन विश्वविद्यालय सभाको बैठकले ६२ औं ग्रेस लिष्ट पारित गरेको छ ।

त्रिवि सभा बैठकले कुल ७३ हजार ९९५ विद्यार्थीको ग्रेस लिष्ट पारित गरेको हो ।ग्रेस लिस्टमा सहभागीहरुमा व्यवस्थापन संकायका ३० हजार ९ सय ३६, शिक्षाशास्त्र संकायका ११ हजार ३ सय १७, मानविकी तथा सामाजिक शास्त्र सङ्कायका १३ हजार ६ सय २३, कानुन संकायका ३ हजार ८६, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ७ हजार ११, इन्जिनियरिङ अध्ययन संस्थानका ५ हजार २ सय ८१, चिकित्साशास्त्र अध्ययन संस्थानका १ हजार ७ सय ८९, कृषि र पशु विज्ञान अध्ययन संस्थानका ६ सय ४८ र वनविज्ञान अध्ययन संस्थानका ३ सय ४ जना विद्यार्थी रहेका छन् ।

ग्रेस लिस्टमा २०८० असार १ देखि २०१८ जेठ मसान्त सम्म तोकिएका सम्पूर्ण आवश्यकता पुरा गरी ट्रान्सक्रिप्ट समेत लिइसकेका स्नातक, स्नातकोत्तर, पिजीडिएस, एमफिल र विद्यावारिधि तहका विद्यार्थी ग्रेस लिष्ट पारित गरेको हो ।

साथै त्रिवि सभाव बैठकले आर्थिक वर्ष २०८१–०८२ को बजेट पारित गरेको छ । 

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकले आर्थिक वर्ष २०८१–०८२ का लागि रु २६ अरब १६ करोड ८७ लाख ३५ हजार रुपैयाको बजेट पारित गरेको छ ।

 सभामा प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले ६२ औं गे्रस लिस्टमा सहभागि विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईले त्रिविले राष्ट्र निर्माणका लागि आवश्यक प्रशासनिक र प्राविधिक जनशक्ति उत्पादन गर्न सफल भएको र विगतमा निकै सक्रिय रहेको त्रिविका अनुसन्धान केन्द्रलाई नेपाल सरकारको थिंक ट्यांकको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

राष्ट्रकै चुनौती बनिरहेको प्रतिभा पलायन रोक्नका लागि त्रिविले आफ्नो शैक्षिक क्यालेण्डर निर्माण गरी व्यवस्थित रुपमा लागु गर्नुपर्ने धारणा व्यक्त गरेकी थिइन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले स्वागत मन्तव्य मार्फत त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आफूहरु प्रयत्नशिल रहेको धारणा व्यक्त गरेका थिए ।

सभाको सञ्चालन शिक्षाध्यक्ष तथा त्रिवि सभाका सदस्य सचिव प्राडा खड्ग केसीले गरेका थिए ।  भने रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले आर्थिक वर्ष २०८१–०८२ को बजेट सभा समक्ष पेश गरेका थिए ।

सभामा त्रिवि सभाका सभासद प्राडा बसन्त ढकाल, कमलराज सापकोटा, शिव नारायण यादव, कल्पना लुइटेल, छत्रबहादुर कार्की, श्यामराज ओझा, विराज अर्याल, विष्णु ढुंगेल शिवराज सञ्जेल, अभिमन्यु झा, दिलानन्द जोशी, शत्रुघ्नप्रसाद गुप्ता लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Select college / campus