CMAT

लाइसेन्सको विज्ञापन साउन अन्तिम साता हुने, प्राविको उत्तर पुस्तिका परीक्षण सुरु

शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन साउन अन्तिम साता गर्ने भएको छ ।

आयोगले हालै प्रकाशन गरेको कार्यतालिका अनुसार साउनको अन्तिम साता माविको लाइसेन्स विज्ञापन गर्ने भएको हो ।

कार्यतालिका अनुसार नै भदौमा गर्ने तयारी गरिरहेको जनाएको छ ।

आयोगले गत असार २२ गते लिएको प्राथमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिएको परीक्षाको उत्तर पुस्तिका परीक्षण सुरु गरेको छ ।

आयोगले आजदेखि ओएमआर सुरु गरी (उत्तरपुस्तिका स्क्यान) गरेर १५ दिन भित्रमा परीक्षण सहित नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

आयोगले ५ हजार ४५३ पदका लागि गरेको विज्ञापनमा आवेदन दिनेको संख्या ९७ हजार ५७९ जना रहेका छन् ।

आवेदन दिनेमा कोशीबाट १३१८, पदका लागि आवेदन दिनेको संख्या २० हजार ६३५ जना रहेका छन् ।

त्यस्तै मधेशबाट ५०८ पदका लागि आवेदन दिनेको संख्या ५२१५ जनाले आवेदन दिएका छन् ।

त्यसैगरी बाग्मतीबाट ११५७ पदका लागि विज्ञापन गरिएको मा १८ हजार ५५० जनाले आवेदन दिएका छन् ।

गण्डकीबाट ११८८ पदका लागि विज्ञापनगरिएकोमा १५ हजार ९०५ जनाले आवेदन दिएका छन् । भने, लुम्बिनीबाट ६७९ पदका लागि विज्ञापन गरिएकोमा १९हजार ११३ जनाले आवेदन दिएका छन् । कर्णालीमा २८९ पदका लागि गरिएको विज्ञापनमा ७ हजार १२१ जनाले आवेदन दिएका छन् । त्यस्ते सुदुर पश्चिममा ३१४ पदका लागि गरिएको विज्ञापनमा ११ हजार ४० जनाले आवेदन दिएका छन् ।

Thuprai - Books and E-books