Bachelors Portal

मङ्सिर १४ र १५ गते तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने

Managed Admission 2022

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले  मङ्सिर १४ र १५ गते तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने  भएको छ ।

आज पत्रकार सम्मेलन गर्दै प्याब्सनले  मङ्सिर १४ र १५ गते (भेम्बर २९ र ३०) मा काठमाडौँको होटल हायत रिजेन्सीमा सम्मेलन हुने बताएको छ । सम्मेलनमा भुटान, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, भारत र भियतनामबाट सहभागिताका लागि निश्चित भएको जनाइएको छ ।

सम्मेलनका मुख्य उद्देश्यहरूमा विद्यालयको स्तर उन्नति, कक्षा कोठाको सुधार, शैक्षिक नेतृत्वको विकास, र शिक्षक–विद्यार्थीको शैक्षिक गतिविधिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल गरिने प्याब्सनका महासचिव आरबी कटुवालले बताए ।

सम्मेलन शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरू, विद्यालयका संस्थापक प्रिन्सिपल, शैक्षिक निर्देशक र अग्रणी शिक्षकहरू लक्षित हुने प्याब्सनका महासचिव कटुवालले बताए । 

‘यस शैक्षिक सम्मेलनमा फिनल्यान्ड र बेलायत जस्ता शिक्षामा अग्रणी देशहरूबाट प्रतिष्ठित वक्ताहरूले आफ्ना अनुभव र सफल शैक्षिक मोडलहरू प्रस्तुत गर्नुहुनेछ । साथै, यो सम्मेलनलाई नेपाल सरकारको शिक्षा मन्त्रालय र ब्रिटिस काउन्सिलद्वारा सहजीकरण हुनेछ, जसले यसलाई अझ प्रभावकारी र परिणाममुखी बनाउनेछ ।’ सम्मेलनमा वितरीत  विज्ञप्तिमा भनिएको छ, ‘दुई दिनसम्म चल्ने यस सम्मेलनमा १२ भन्दा बढी सेसनहरू हुनेछन्, जसमा विविध शैक्षिक विषयका छलफल, नीतिगत बहस, र विद्यालय सुधारका लागि प्रभावकारी उपायहरूको खोजी गरिनेछ । यसका साथै, विद्यालय व्यवस्थापन, शिक्षक प्रशिक्षण, र शैक्षिक नेतृत्वको सुदृढीकरणमा महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरिनेछन् ।’

Select college / campus