१४ औं शैक्षिक मेला भोलिदेखि भर्चुअल गरिने

विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई लक्षित गरी आयोजना गरिँदै आएको शैक्षिक मेला यसपटक भर्चुअल हुने भएको छ । पुस २ गतेदेखि ५ गतेसम्म सञ्चालन गरिने सो मेला नेपाल शैक्षिक परामर्श संघ इक्यानले भर्चुअलरुपमा आयोजना गर्ने भएको हो । १४ औं संस्करणको सो मेलामा १५० भन्दा बढी परामर्शदाता कम्पनीहरु सहभागी हुने इक्यानले जानकारी दियो ।

यो विषम परिस्थितिमा भौतिक उपस्थिति गराएर भीडभाड गराउनुभन्दा विद्यार्थीहरुलाइ अनलाइनबाट एजुकेशन प्रोभाईडर र शैक्षिक मेलामा सहभागी परामर्शदात्रि व्यवसायी विच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।

मेलामा अभिभावक तथा विद्यार्थीले अनलाइन बाटै विश्वभरका शैक्षिक संस्था र शैक्षिक प्रणालीको बारेमा समग्र जानकारी दिइने महासचिव दीपक राज भुसालले बताए ।