CMAT

तेह्रथुम क्याम्पसले बुझायो गुणस्तर प्रत्यायनका लागि प्रतिवेदन

तेह्रथुम क्याम्पसले गुणस्तर प्रत्यायन प्राप्त गर्न त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खडग  केसीलाई   स्वअध्ययन रिर्पोट पेश गरेको छ ।

शिक्षाध्यक्ष कार्यालयमा आयोजित रिर्पोट हस्तान्तरण कार्यक्रममा गुणस्तर प्रत्यायन विज्ञहरूको उपस्थितिमा रिर्पोट हस्तान्तरण गरिएको हो ।

शिक्षाध्यक्ष प्राडा  केसीले गुणस्तर प्रत्यायन सँगै प्राज्ञिक परीक्षणको संयन्त्र बनाई कार्यान्वयन गर्नुपर्ने बताए  गुणस्तर प्रत्यायनका लागि तेह्रथुम क्याम्पसले गरेको कार्यलाई प्रशंसा गर्दै अनुसन्धान र प्रकाशनलाई विशेष जोड दिन अनुरोध गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयका ४१२ जर्नल नेप्जोलमा अद्यवधिक रहेको, ३७ वटा दोहोरो स्टार प्राप्त र ८ वटा सिमागो जर्नल प्रकाशित भएको बताउदै अनुसन्धानलाई व्यवस्थित र गुणस्तरीय बनाउनु पर्ने बताए ।

कार्यक्रममा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णुप्रसाद खनालले तेह्रथुम क्याम्पस विगतको तुलनामा थप व्यवस्थित र सृदृढ बन्दै गइरहेकोले गुणस्तर प्रत्यायन पश्चात थप क्रियाशिल हुने अपेक्षा व्यक्त गरे । प्रथम अनुसन्धान रिर्पोटका बिज्ञ प्राडा कृष्णदास मानन्धरले २०१७ सालमा स्थापित पूर्वको ऐतिहासिक क्याम्पसको रुपमा रहेको तेह्रथुम क्याम्पस गुणस्तर प्रत्यायन प्राप्त सक्षम भएको र भौगोलिक विकटताका बावजुत पनि उच्चशिक्षामा योगदान गरेको बताए ।

 क्याम्पस प्रमुख पोष्टराज लामिछानेले २० जना शिक्षक, ९ जना कर्मचारी र २३३ जना विद्यार्थी रहेको क्याम्पसमा ३ संकायका कार्यक्रम सञ्चालन रहेको बताए । उनले एक बर्षमा १२० वटा शैक्षिक  तथा प्रशासनिक कार्यक्रमहरू सञ्चालन गरेको बताए । कार्यक्रममा गुणस्तर प्रत्यायन तथा प्रत्यायोजन केन्द्रका निर्देशक डा प्रेम बहादुर थापाले तेह्रथुम क्याम्पसको उक्त प्रतिवेदन विश्वविद्यालय अनुदान आयोग समक्ष पेश गर्ने बताए।

Thuprai - Books and E-books