Bachelors Portal

त्रिविमा पनि डाटा साईन्स विषयको अध्यापन सुरु (पाठ्यक्रम र नमुना प्रश्न सहित)

Managed Admission 2022

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत गणित विज्ञान स्कूलले स्नातक तहमा डाटा साईन्स विषयको अध्यापन सुरु गर्ने भएको छ।

गणित विज्ञान स्कुलमा सेमेष्टर प्रणाली अनुसार चार वर्षे (आठ सेमेप्टर) स्नातक तहको डाटा साईन्स कार्यक्रममा सुरु गर्ने भएको हो ।कुल क्रेडिट घण्टा १२३ भएको यो कार्यक्रमको पाठ्यक्रमको प्रकृतिमा सैद्धांतिक, व्यावहारिक, परियोजना, सेमिनार, इंटर्नशिप समावेश गरिएको स्कुलका निर्देशक नवराज पौडेलले जानकारी दिए ।

त्रिवि। सेमेष्टर प्रणाली सञ्चालन विनियम २०७४ अनुसार जम्मा ४० सिटमा ८० (३२ जना)  खुल्ला र २० (८ जना)  समावेशी कोटा विभाजन गरेर कक्षा सञ्चालन गर्ने छ ।

 छात्रवृत्ति

त्रिवि। विज्ञान तथा प्रविधि अध्ययन संस्थान छात्रवृत्ति सम्बन्धि निर्देशिका २०७९ अनुसार प्रत्येक सेमेप्टरमा जेहेन्दार छात्रवृत्ति ((एकजना छात्र र एकजना छात्रालाई)० र १० प्रतिशत  विद्यार्थीहरुलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

गणित विज्ञान स्कुलले यो विषय पढ्न इच्छुक विदार्थीबाट आगामी साउन एक गतेदेखि  अनलाईन आवेदन माग गरेको छ ।

भर्नाका आधार

यो विषय पढ्कालागि   उच्च माध्यमिकरमाध्यमिक विद्यालयको जुनसुकै धारवाट १० ं २ वा सो सरहको परीक्षामा न्यूनतम १।८ सीजीपीए प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ । वा   त्रि।वि।वा यसवाट मान्यता प्राप्त शिक्षण संस्थावाट प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षामा कम्तिमा दोश्रो श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

त्यसैगरी ए लेवलको परीक्षामा न्यूनतम डी ग्रेड ल्याई उत्तीर्ण गरेको ,सीटीईभीटीबाट जुनसुकै विषयमा तिनवर्षे डिप्लोमा तहमा कम्तिमा द्वितीय श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्ने छ । वा विदेशी शैक्षिक संस्थावाट प्राप्त गरेको शैक्षिक योग्यताको हकमा पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरवाट समकक्षता प्राप्त गरेको कागजात पेश गरेमा आवेदन स्वीकृत हुने छ ।

 प्रवेश परीक्षा

स्कुलले भर्नाका लागि प्रवेश परीक्षा स्वरुप लिखित, अन्तर्वार्ता र शैक्षिक योग्यतालाई आधार बनाएको स्कुलले जारी गरेको सूचनामा उल्लेख छ । प्रवेश परीक्षाका लागि  लिखित परीक्षा ८०, अन्तर्वार्ता १० र शैक्षिक योग्यताको १० गरी कुल १०० पूर्णाङ्क मूल्याङ्कनको आधार बनाएको छ।

प्रवेश परीक्षामा गणितको ३०, अङ्ग्रेजीको ३०, जिके २० पूर्णाङ्कमा १ घण्टा ४५ मिनेटको  समयमा परीक्षा लिने छ भने  सबै ८० पूर्णाङको  प्रश्न नै बहुबैकल्पिक हुने छन् ।  लिखित परीक्षाको उत्तीर्णाङ्क  ३५ प्रतिशत कायम गरेको छ ।

पाठ्यक्रम

नमुना प्रश्न सहित

Select college / campus