After SEE Portal

भीमदत्त नगरपालिकामा धर्ना दिँदै शिक्षक

Bridge Course

कञ्चनपुरको भीमदत्त नगरपालिकामा संस्थागत विद्यालयका शिक्षकहरुले धर्ना दिन सुरु गरेका छन् । संस्थागत विद्यालयका सञ्चालकले लकडाउनको बहानामा शिक्षकको पारिश्रमिक नदिएका कारण जीवन निर्वाह गर्न समस्या परेको भन्दै आज संस्थागत विद्यालयका शिक्षकले धर्ना दिएका हुन् ।

पारिश्रमिकका लागि सम्बन्धित निकायसंग पटकपटक अनुरोध गरेपनि गरेपनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको शिक्षक नरेन्द्रसिंह भण्डारीले बताए । “यसअघि पनि सम्बन्धित निकायमा मेहतन गरेर कमाएको पैसा माग्न गुहार गरेका थियौँ”, उहाँले भन्नुभयो, “कहिँबाट सहयोग नमिलेपछि स्थानीय सरकारकोमा आएका हौँ ।”

राससका अनुसार संस्थागत विद्यालयका शिक्षकहरुको संगठन संस्थागत विद्यालय शिक्षक युनियनले गत बिहीवार कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा लगाएको ताला नगरपालिकाले बिना जानकारी तोडेपछि शिक्षकले आइतबार भीमदत्त नगरपालिकाको मुल गेटमा धर्ना दिएको शिक्षक भण्डारीले जानकारी दिए । “कोरोना भाइरसका कारण चैत्रदेखि विद्यालय बन्द गरिए पनि असोजदेखि नै तलब पाएका छैन”, उनले गुनासो पोखे ।

A Levels MA