CMAT

शिक्षक सेवाआयोगले पहिले लाइसेन्सको विज्ञापन गर्ने (कार्यतालिकासहित)

शिक्षक सेवा आयोगले अघिल्लो वर्ष विज्ञापन गर्न नसकेको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन साउनमा गर्ने गरी बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको तालिकाअनुसार माविको साउनमा र निमावि भदौमा  विज्ञापन गरेर असोज र कार्तिकमा परीक्षा लिने र कार्तिक र मंसिरमा नतिजा प्रकाशन गर्ने छ ।

तालिकामा  आयोगले पहिलो चरणमा आन्तरिक प्रतियोगिताको परीक्षा लिन र मात्र खुलाको विज्ञापन गर्ने उल्लेख छ । तालिकामा आन्तरिक प्रतियोगिताको विज्ञापन साउनमा गर्ने, र खुलाको माविको विज्ञापन पुसमा, निमाविको माघमा र प्राविको चैतमा विज्ञापन गर्ने उल्लेख छ ।

त्यसैगरी गत आर्थिक वर्षको सिफारिस हुन बाँकी विज्ञापनको माविको नियुक्तिका लागि सिफारिस माविको पुसमा, निमाविको फागुनमा र प्राविको चैत– वैशाखमा गर्ने उल्लेख छ ।

कार्यातालिका हेर्नुहोस्

Thuprai - Books and E-books