छात्र योङ सेफ ओलम्पियाड हुने

इन्टरनेशनल हस्पिटालिटी काउन्सिल लन्डनको सक्रियतामा इन्टरनेशनल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट (आईआईएचएम) भारतद्वारा योङ सेफ ओलम्पियाड भर्चुअल आयोजना हुने भएको छ । ओलम्पियाड माघ १६ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ । आज पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रममा एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड म्यानेजमेन्टले नेतृत्व र उद्यमशीलताका लागि नेपालको प्रतिनिधित्व गर्ने जानकारी दिइएको छ ।  

यसअघि सन् २०२० मा एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड म्यानेजमेन्टकी छात्रा शबी राजबाहकले वेस्ट हाइजिन अवार्ड र राजिङ स्टार अवार्ड जित्न सफल भइन् भने सन् २०२१ मा यसै कलेजका छात्र अभय लिम्बूले ६० राष्ट्रमध्ये १० औं स्थान हासिल गर्दै बेस्ट किच्यन क्अट्स अवार्ड हात पारेका थिए ।

यसपटक नेपालको प्रतिनिधित्व गर्दै सोही कलेजका छात्र अजय पुनले प्रतिस्पर्धा गर्ने भएका छन् भने मेन्टरको भूमिकामा सेफ सूर्य महत रहने जनाइएको छ । यसपटकको प्रतिस्पर्धामा नेपालसहित जम्मा ३७ वटा राष्ट्रले भाग लिँदै छन् । ती राष्ट्रलाई आठ वटा समूहमा विभाजित गरिएको छ । नेपाल छैटौँ समूहमा परेको छ ।

सो प्रतिस्पर्धामा मुख्य प्रतिस्पर्धी बाहेक अन्य सहभागीका लागि पनि मौका प्रदान गर्ने उद्देश्यले सस्टेनेबल रिसर्च अवार्ड र नेसनल डिस अवार्डको पनि व्यवस्था गरिएको छ । कोभिड–१९ का कारण प्रतिस्पर्धा दूर प्रणाली मध्यमबाट आयोजना गर्न लागिएको हो । नेपालको तर्फबाट तीन जना निर्णायकको व्यवस्था गरिएको छ ।