ग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन (गेट) कलेज र सोल्टी इन्टरप्राइजेजले रणनीतिक लगानीसम्बन्धी सहमति गरेका छन् ।
सहलगानीबाट शैक्षिक विकास तथा उत्कृष्ट मानव संशाधन विकासका गरी गेट कलेजलाई संयुक्त ब्रान्ड ‘गेट कलेज’ बाट सचालन गर्ने भएका हुन् ।
उक्त सहकार्यका लागि आज सहमति पत्रमा हस्ताक्षर भएको कलेजले जानकारी दियो ।
सम्झौतापत्रमा गेट कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत खेमराज लकाई र सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले हस्ताक्षर गरेका छन् ।
शिक्षामा लगानीको विषयमात्र नभई आतिथ्य तथा होटल व्यवस्थापन क्षेत्रमा नवप्रवर्तनलाई अगाडि बढाउने उद्देश्य लिएको जनाइएको वितरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
सम्झौतापछि गेट कलेजका विद्यार्थीलाई होटलले सिकाइ अनुभव, उन्नत शैक्षिक स्रोत र आतिथ्य व्यवस्थापन व्यक्तिगत तथा व्यवसायिक अभिवृद्धिका लागि अवसर प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।