लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले कोभिड महामारीलाई ध्यानमा राखेर स्नातक तह अध्ययन गर्न विद्यार्थीलाई लक्षित गरी विशेष छात्रवृत्ति योजना ल्याउने भएको छ ।
विद्यार्थीले ईजाँच सफ्टवेयर मार्फत घरबाटै छात्रवृत्ति सम्बन्धी परीक्षामा समावेश भई उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई क्याम्पसले छात्रावृत्ति प्रदान गर्ने भएको हो । क्याम्पसले निश्चित मापदण्ड निर्धारण गरी सतप्रतिशत सम्म छात्रवृत्ति प्रदान गर्ने क्याम्पसले जानकारी दियो ।
यो छात्रवृती प्राप्त गर्नको लागि विद्यार्थीहरुले कलेजको वेबसाईट मा गई ईजाँच सफ्टवेयर मार्फत परीक्षामा सहभागी हुनु पर्ने छ ।
फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी (एपियु), मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक तहको बीएस्सीआईटी, बीबीएम, इ विजनेस विषयमा अध्यापन गराउदैं आएको छ ।
कलेजले दुवै कार्यक्रम लागि १२३ क्रेडिट आवरमा ३ वर्ष (६ सेमेस्टर) सम्पन्न गर्ने भएको छ । कलेजले यो शैक्षिक सत्रदेखि बीएस्सीआईटी मा क्लाउड कम्प्युटिङ, मोबाइल टेक्नोलोजी, नेटवर्क कम्प्युटिङमा स्पेसिलाइज्ड कोर्ष सुरु गर्ने भएको छ ।
एलबिइएफ मुलुककै पहिलो सुचना प्रविधिमा अध्ययन अध्यापन गराउने संस्था हो । यस संस्थावाट हाल सम्म करिव आठ हजार भन्दा बढी व्यक्तिले सूचना प्रविधि, व्यवस्थापन लगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर डिग्री हासिल गरिसकेका छन् ।
फाउण्डेसनमा सञ्चालन हुने कक्षाहरुमा सैद्धान्तिक ज्ञानको साथसाथै अरु जीवनोपयोगी तालीमहरु समेत प्रदान गरिँदै आएको छ । कलेजले विश्वका उत्कृट १० वटा अनलाइन लाइब्रेरीको लाइसेन्स विद्यार्थीहरुकोलागि उपलब्ध गराउँदै आएको छ । यी लाइब्रेरीबाट विद्यार्थीहरुले १० लाख भन्दा बढी पुस्तक एवं जरनलहरुको अध्ययन गर्नसक्ने कलेजले जनाएको छ ।
यसको साथै विद्यार्थीहरुलाई व्यवसायिक सीप विकास गर्नकालागि कलेजले भारतको मणिपाल प्रोलर्नसंगको सहकार्यमा ५४ वटा विभिन्न किसीमका अनलाईन तालीम पनि प्रदान गर्दै आएको कलेजले जानकारी दियो ।
यहाँबाट बिएससीआईटी अध्धयन पुरा गरेका विद्यार्थीले डाटाबेस एडमिनिसट्रेटर, नेटवर्क एडमिनिसट्रेटर, सफ्टवेयर डेभलपर, वेब डेभलपर, सिस्टम एडमिनिसट्रेटर, क्लाउड आर्किटेक्ट आदीको रुपमा आफूलाई स्थापित गर्दै आएका छन् ।