After SEE Portal

सामाजिक न्यायसम्बन्धी लेखन-अनुसन्धान कार्यशाला सम्पन्न

Bridge Course

 

काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेसन, हात्तीवनले सामाजिक न्यायका लागि लेखन-अनुसन्धान विषयमा पाँच दिने कार्यशाला सम्पन्न गरेको छ ।

स्कूलको भाषा शिक्षण विभाग र लेखन तथा सञ्चार केन्द्रको संयुक्त आयोजनामा जेठ २१ देखि २५ गतेसम्म संचालित उक्त कार्यशालामा २४ जना सहभागी थिए । उनीहरूबाट कम्तीमा २४ विभिन्न सामाजिक न्यायसम्बन्धी विषय पहिचान गरी लेखन-अनुसन्धान कार्य थालनी गरिएको थियो ।  शिक्षा, विकास अध्ययन, समाजशाष्त्र लगायतका विभिन्न विधानिहित सामाजिक न्यायका मुद्दामा केन्द्रित भई तयार गरिने अनुसन्धानमूलक लेखनलाई पुस्तक वा जर्नलको विशेषांकका रूपमा प्रकाशित गरिने स्कुल अफ एजुकेसनले जनाएको छ  ।

हङकङस्थित चाइनिज युनिभर्सिटी अफ हङकङका सहप्राध्यापक डा. प्रेम फ्याकको सहजीकरणमा सम्पन्न उक्त कार्यशालामा स्कूल अफ एजुकेशनका डिन  प्रा. डा. बालचन्द्र लुइँटेल, विभिन्न विभागका विभागीय प्रमुख तथा प्राध्यापक, रिसर्च असिष्टेण्ट र रिसर्च फेलोका साथै त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयका शिक्षक तथा अनुसन्धाताको सहभागिता थियो ।

 

A Levels MA