After SEE Portal

भूकम्प गएको ६ वर्ष बिते पनि लमजुङका ५७ वटा विद्यालय पुनः निर्माण भएनन्

Bridge Course

लमजुङमा विनाशकारी भूकम्प गएको छ वर्ष बितिसम्दा पनि क्षतिग्रस्त ५७ वटा विद्यालय भवन पुनः निर्माण हुन सकेका छैनन् । भूकम्पबाट क्षति पुगेका १५६ वटा विद्यालयमध्ये १०६ वटा विद्यालयका भवन पुनर्निर्माण भइसकेको भए पनि बाँकी ५७ बाट विद्यालय विविध कारण पुनः निर्माण हुन नसकेका हुन् ।

भूकम्प गएको ६ वर्षको अवधिमा को अवधिमा यहाँ ९० प्रतिशत विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १५६ वटा विद्यालयमध्ये १०६ वटा विद्यालयका भवन पुनः निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । 

एकाईका अनुसार आर्थिक वर्ष २०७६–२०७७ मा २२ वटा, आव २०७५–७६ ६८ वटा, आव २०७४–७५ मा आठ वटा र आव २०७३–२०७४ मा ८ वटा विद्यालय भवन पुनः निर्माण सम्पन्न भएको थियो । 

जिल्लामा ६९ शौचालय पुनर्निर्माण गर्नुपर्नेमध्ये ४० शौचालय पुनर्निर्माण भएको छ भने २९ शौचालय निर्माणाधीन अवस्थामा रहेका छन् । त्यस्तै ३६ वटा खानेपानी पुनर्निर्माण गर्नुपर्नेमध्ये पाँच खानेपानी धारा सम्पन्न भएको र २९ वटा खानेपानी निर्माणाधीन रहेका छन् । ती निर्माणाधीन सबै योजना यस चालू आर्थिक वर्षको असार महिनाभित्रै सम्पन्न गर्दै विद्यालय पुनर्निर्माणको कार्य सम्पन्न गर्ने एकाईको लक्ष्य भए पनि कोभिड १९ को महामारीले असर गरेको प्रमुख पराजुलीले बताए ।   

‘जिल्लामा १० प्रतिशत अर्थात् ५७ वटा विद्यालय भवन मात्र पुनर्निर्माण गर्न बाँकी छ ।’ एकाइका प्रमुख अशोक पराजुलीले भने, ‘कतै जग्गा, अभाव कतै विद्यार्थी अभाव कतै विभिन्न खालको अवारेधका कारण भवन पुनः निर्माण गर्न नसकिएको हो ।’ 

A Levels MA
Thuprai - Books and E-books