पाठ्यक्रम विकास केन्द्रको अनलाइन समकक्षता प्रणालीमा सुरक्षा जोखिम, सेवा प्रवाह अवरुद्ध

पाठ्यक्रम विकास केन्द्रको अनलाइन समकक्षता प्रणालीमा सुरक्षा जोखिम, सेवा प्रवाह अवरुद्ध

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले अनलाइनमार्फत समकक्षता प्रमाणपत्र जारी गर्ने प्रणालीमा सुरक्षा जोखिम देखिएपछि सेवा प्रवाह प्रभावित भएको जनाएको छ।

केन्द्रले जारी गरेको सूचनाअनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्रबाट २०८३ कार्तिक ५ गते PHP र सोसँग सम्बन्धित Runtime तथा Ecosystem मा देखिएका दुई गम्भीर सुरक्षा कमजोरीबारे साइबर सुरक्षा एडभाइजरी जारी भएको थियो।

उक्त सुरक्षा जोखिमका कारण केन्द्रअन्तर्गत सञ्चालनमा रहेको Online System for Issuance of LOE (समकक्षता) प्रणाली आवश्यक सुरक्षा अद्यावधिक नभएसम्म समकक्षता प्रदान गर्ने सेवा प्रवाह गर्न नसकिएको केन्द्रले जनाएको छ।

केन्द्रले सम्बन्धित सबैलाई यसबाट सेवा प्रवाहमा परेको अवरोधबारे जानकारी गराउँदै सुरक्षा अद्यावधिकको काम सम्पन्न भएपछि सेवा पुनः सञ्चालन हुने जानकारी दिएको छ।