शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउदै कार्यक्रमको लागि विद्यालय छनोट गरेको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कार्यक्रमका लागि विद्यालय सहयोग कार्यक्रममा सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरिएकोमा निर्देशक समितिको २०७८चैत्र ८ गतेको निर्णय अनुसार विद्यालय छनोट गरिएको हो ।
सो कार्यक्रमका लागि देशभरबाट जम्मा १४० विद्यालय छनोट गरिएको छ । छनोटका परेका विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम कार्यविधि, २०७८ ले व्यवस्था गरेका कृषि, पशु, वायरिङ, जडिबुट्टी खेती लगायतका कार्यक्रम सञ्चालन गर्न पाउने केन्द्रद्वारा अहिले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।