After SEE Portal

खोटाङका १०६ सामुदायिक विद्यालय भवन पुनः निर्माण

Bridge Course

२०७२ को विनाशकारी भूकम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माण भएका छन् । भूकम्प र पराकम्पपछि क्षति पुगेका १६१ वटा सामुदायिक विद्यालय भवनमध्ये१०६ वटा विद्यालयको पुनः निर्माणगरिसकिएको हो ।

भूकम्पपछिको पाँच वर्षमा निर्माण गरिएकाविद्यालय भवनहरु अपाङ्गमैत्री र महिलामैत्रीभएकोजिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले जानकारी दियो ।

पुनः निर्माण भएकाविद्यालयहरु मध्ये एकाइले ९२ वटा र गैरसरकारी संस्थाले १४ वटाभवननिर्माणगरेको एकाइ प्रमुख बाबुराम पोखरेलले बताए गैरसरकारी संस्थाले ऐँसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिकामा १४ वटा भवन निर्माण गरेका छन् ।

राससका अनुास गैससले अब दुईवटा भवन निर्माण गर्न बाँकी छ । राष्ट्रिय पुनःनिर्माणको डिजाइन र ड्रइङअनुसार निर्माण भइसकेका भवनहरूमा दुई कोठे ४६ वटा, तीन कोठे १६ वटा र चार कोठे ३० वटा विद्यालय भवन निर्माण भएका छन् ।भूकम्प प्रभावित६४ वटा भवन एकाइले निर्माणगनै अझै बाँकी छ ।

निर्माण सम्पन्न गर्न बाँकी भवनहरुको काम आगामी असार मसान्तभित्र सम्पन्न हुने एकाइ प्रमुख पोखरेलले जानकारी दिए । आगामी असारपछि जिल्लाबाट कार्यालय नै उठ्ने तयारी भएपछि एकाइले कामलाई तीव्रता दिएको प्रमुख पोखरेलले जानकारी दिए ।

एकाइले चारकोठे भवन निर्माणका लागि रु ७० लाख ४० हजार, तीनकोठे भवनका लागि रु ३५ लाख ८० हजार, दुई कोठे भवन निर्माणका लागि रु २३ लाख ९० हजार बजेट विद्यालय व्यवस्थापन समितिलाई उपलब्ध गराएको छ ।

पुनःनिर्माणतर्फ नै एकाइले ३२ वटा विद्यालयमा अपाङ्गमैत्री र महिलामैत्री शौचालय पनि निर्माण गरेको छ । रु १५ लाख लागतमा निर्माण भएका सबै विद्यालयका शौचालयमा किशोरीहरुले स्यानिटरी प्याड डिस्पोज गर्न तथा लगाउन÷फेर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यस्तै १५ वटा विद्यालयमा खानेपानी आयोजना सम्पन्न भएको छ । प्रत्येक विद्यालयमा रु सात लाख ४० हजार लागतमा खानेपानी योजना सञ्चालन गरिएकोछ ।

A Levels MA