CMAT

रिक्त दरबन्दी विवरण पठाउन पुनः  निर्देशन (सूचनासहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दी विवरण पठाउन पुनः  निर्देशन दिएको छ ।

केन्द्रले   विवरण पठाउन बाँकि सबै शिक्षा विकास तथा समन्वय एकाइलाई  यस्तो निर्देशन दिएको हो ।

शिक्षक सेवा आयोगबाट खुला तथा बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने शिक्षक पदको विज्ञापनका लागि रिक्त दरबन्दी विवरण पठाउनु पर्ने भएकोले यस्तो निर्देशन दिएको छ ।

२०८१ वैशाख १ गतेदेखि २०८१ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दीको विवरण अनिवार्य रुपमा निर्देशन दिएको छ ।

गत असार २३ गते भित्र दरबन्दी विवरण पठाउनु पर्ने भए पनि हालसम्म केही जिल्लाबाट विवरण आउन बाँकि रहेकोले  साउन १९ गते भित्र अनिवार्य रुपमा केन्द्रमा विवरण पठाउन निर्देशन दिएको छ ।

तोकिएको समय भित्र विवरण प्राप्त नभइ विज्ञापन हुनबाट बञ्चित हुन गएमा एकाइ स्वयम जिम्मेवार रहने केन्द्रले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूको हकमा खुद पुल दरबन्दी रहेको तहमा खुद पुल रहेसम्म विज्ञापन नगरिने सूचनामा उल्लेख छ ।

सूचना

 

Thuprai - Books and E-books