चितवनको राप्ती नगरपालिकाले भदौ एक गतेदेखि लागु हुने गरी ११ जना बाल विकास सहजककर्ता (ईसीडी शिक्षक) लाई विस्थापित गरेको छ ।
नगरपालिकाले नयूनतम शैक्षिक योग्यता नपुगेको कारण देखाउँदै कार्यरत सहजकर्तालाई सामुहिक विस्थापित गर्दै नियुक्त प्रक्रिया सुरु गर्नसमेत विद्यालयलाई निर्देशन दिएको छ ।
गत साउन ३१ गते बुधबार नगरपालिकाले विद्यालयहरूलाई पत्र पठाउँदै भदौ १ गतेबाट सो निर्णय कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
‘राष्ट्रिय न्यूनतम मापदण्ड मार्गदर्शक पुस्तिका–२०६७ (प्रथम संशोधन २०७५) र नगर शिक्षा समितिको साउन २२ को निर्णयअनुसार बालविकास सहजकर्ताको शैक्षिक योग्यता प्रविणता (कक्षा १२) तह उत्तीर्ण हुनुपर्नेमा हाललाई एसएलसी वा एसईई योग्यता नभएको कारण देखाउँदै नगरपालिकाले सहजकर्तालाई विस्थापित गरेको हो ।