Bachelors Portal

आगामी  वर्षका लागि कक्षा १, २ र ४  को पाठ्यपुस्त छाप्न् चाहने प्रकाशकले १५ दिनभित्र आवेदन दिनु पर्ने

Managed Admission 2022

निजी प्रकाशन गृहले आगामी शैक्षिक वर्षका लागि कक्षा १, दुई र चार गरी जम्मा तीन कक्षाका पाठ्यपुस्तक मात्र छाप्न पाउने भएका छन् ।

चालु शैक्षिक सत्रमा कक्षा १–४ को पाठ्यपुस्तक छापेका निजी प्रकाशन गृहले आगामी वर्ष कक्षा तीनको पाठ्यपुस्त्क छाप्न नपाउने भएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय अनुसार तीन कक्षाको पाठ्यपुस्तक छपाइन गर्न चाहने इच्छुक प्रकाशन गृहले १५ दिन भित्र तोकिएको सर्त पुरा गरी पाठ्यक्रम विकास केन्द्रले आवेदन दिन माग गरेको छ ।

चालु शैक्षिक सत्रको सुरुमा सबै विद्यालयसम्म पाठ्यपुस्त्क पुर्याएको दाबी गर्दै जनक शिक्षाले मन्त्रालयमा माग गरेपछि कक्षा तीनको पाठ्यपुस्त्क छपाइको जिम्मा यो वर्ष जनक शिक्षालाई दिएको मन्त्रालयले जनाएको छ ।

 

Select college / campus