After SEE Portal

प्राध्यापक र कर्मचारीले काठमाडौं विश्वविद्यालय ठप्प पार्ने

Bridge Course

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वविद्यालय केन्द्रिय परिसर ठप्प पार्ने र आगामी दिनमा विश्वविद्यालयका अन्य स्कूलहरु पनि क्रमश: बन्द गर्दै जाने जानकारी दियो ।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघ १०५ दिन अगाडि विश्वविद्यालयको कार्यकारी परिषदले स्वामित्व ग्रहण गरेको सम्झौताका बुदाहरु कार्यान्वयन नभएकोले सोहि बुदाहरु कार्यान्वयन गराउन आन्दोलन पून : शसक्त बनाउँदै विश्वविद्यालय ठप्प पार्ने सम्मका कार्यक्रमहरु घोषणा गर्न बाध्य भएको जानकारी दियो ।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघले २०७६ श्रावण २३ देखि पेशागत हक अधिकार सम्बन्धि चार बुँदे माग विश्वविद्यालय व्यवस्थापन समक्ष राखी सुरु गरेको आन्दोलन ४०औं दिन (२०७६ भदौ ३०) मा भएको सम्झौता पश्चात अन्त्य भएको थियो । सोहि दिन बसेको विश्वविद्यालयको कार्यकारी परिषदको ५८६औं बैठकले उक्त सम्झौताको स्वामित्व ग्रहण गरेको थियो ।

प्राध्यापक संघ र कर्मचारी संघले सम्झौतामा उल्लेख गरिए बमोजिम ७, ३० र ६० दिनभित्र विभिन्न कार्यहरु सम्पादन गरिसक्नुपर्नेमा विश्वविद्यालय व्यवस्थापनले ६० दिन बितिसक्दा पनि कुनै ठोस कदम नचलाएको, अझ सम्झौता विपरित कार्य गरेको जनाएका छन् ।

२०७६ मंसिर ६ मा पहिलो पटक, मंसिर ११ मा दोश्रो पटक र पूनः पौष ७ गते तेश्रो पटक विज्ञप्ति मार्फत विश्वविद्यालय व्यवस्थापनलाई सम्झौता कार्यान्वयन गर्न सजग गराइएको बिज्ञप्तिमा भनिएको छ ।

सम्झौता कार्यान्वयन गर्दै सहज परिस्थितिको निर्माण गर्नुको सट्टा विश्वविद्यालयका रजिष्ट्रारबाट स्थानिय सुरक्षा निकायलाई समेत गलत सुचना प्रवाह गरी प्राध्यापक र कर्मचारी संघका प्रतिनिधिलाई सुरक्षा निकायमा हाजिर गराउन दुष्प्रयास समेत भएको उल्लेख छ ।

रजिष्ट्रारको उक्त कार्यको प्राध्यापक र कर्मचारीका राष्ट्रिय पेशागत संघ र संगठनहरुबाट पनि भर्त्सना भएको र विश्वविद्यालयका रजिष्ट्रारको गतिविधि सम्झौता कार्यान्वयनको बाधक भएको ठहर गर्दै मिति २०७६ मंसिर २६ मा विश्वविद्यालयका उपकुलपतिलाई सम्झौता कार्यान्वयनमा अग्रसर हुन विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको जानकारी दियो ।

उपकुलपतिकै अग्रसरतामा मिति २०७६ पौष १ मा कार्यकारी परिषदको ५९०औं बैठकले सम्झौता कार्यान्वयनको समयसिमा सहितको कार्यान्वयन गर्ने निर्णय गरेको तर उक्त बैठकको निर्णय कार्यान्वयन पनि निर्धारीत समयसिमामा विश्वविद्यालय व्यवस्थापनले नगरी पुनः छलछाम गरी बेइमानी गरेकाले प्राध्यापक संघ र कर्मचारी संघले विश्वविद्यालय केन्द्रिय परिसर ठप्प पार्ने सम्मको कार्यक्रम घोषणा गर्न बाध्य भएको जानकारी जानकारी दियो। 

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघले सम्झौताको पूर्ण कार्यान्वयन गराई विश्वविद्यालयमा पुनः प्राज्ञिक वातावरणको निर्माण गर्ने कार्यमा सहयोगका लागि विश्वद्यिालयका कुलपति, सहकुलपति, प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक र सरोकारवाला सबैमा अनुरोध गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books