अधिवक्ता परीक्षा केन्द्र सातै प्रदेशमा राख्न माग गर्दै सर्वोच्चमा रिट
नेपाल बार काउन्सिलले आगामी ३५औँ अधिवक्ता परीक्षा काठमाडौंमा मात्र सञ्चालन गर्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। सातै प्रदेशका परीक्षार्थीले बिहीबार रिट दायर गरेका हुन्।
निवेदकहरूले परीक्षा केन्द्र एक ठाउँमा सीमित गरिनु उपयुक्त नभएको भन्दै सातै प्रदेशमा केन्द्र तोक्न बार काउन्सिलका नाममा परमादेश जारी गर्न माग गरेका छन्।
रिट दर्ता भएसँगै सर्वोच्चले निवेदकहरूलाई शुक्रबार (मंसिर ४ गते) बिहान ९ बजे पेशी तारेखमा उपस्थित हुन निर्देशन दिएको छ।