Bachelors Portal

विश्वविद्यायलयमा सूचना अधिकारी तोक्न आदेश (आदेश सहित)

राष्ट्रिय सूचना आयोगले विश्वविद्यायलयहरुलाई सूचना अधिकारी तोक्न आदेश दिएको छ ।सूचना उपलब्ध नगराएको गुनासो आएपछि आयोगले सूचना अधिकारी तोक्ने आदेश दिएको हो ।

नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ भनी उल्लेख भएको व्यवस्था र त्यही व्यवस्था कार्यान्वयन गर्न ल्याइएको सूचनाको हकसम्बन्धी ऐन, २०६४ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ मा भएका व्यवस्थाहरुको कार्यान्वयन गर्नु प्रत्येक सार्वजनिक निकायको दायित्व हुने पनि आयोगले स्मरण गराएको छ  ।

‘सबै विश्वविद्यालयहरुले सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा उल्लेख भएबमोजिम सूचना अधिकारी तोक्ने, सूचना अधिकारीको नाम, पद, सम्पर्क फोन (मोबाइल) नम्बरलगायतका आवश्यक विवरण सार्वजनिक गर्ने, ३–३ महिनामा स्वतः प्रकाशन गर्ने’, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सूचना माग भएको अवस्थामा तत्काल सूचना उपलब्ध गराउने, सूचना माग भएको विवरण तथा तथ्याङ्कको अभिलेख बनाउने र सार्वजनिक गर्ने लगायतका कार्यहरु गर्ने ।’

आदेश हेर्नुहोस्ः

Thuprai - Books and E-books