After SEE Portal

निमावि लाइसेन्समा १८.२६ प्रतिशत मात्र उत्तीर्ण

Bridge Course

शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को  परीक्षामा १८.२६ प्रतिशतले मात्र उत्तीर्ण गरेको छ । आयोगले अहिले सार्वजनिक गरेको नतिजा  अनुसार १ लाख ५१ हजार ५ सय ६९ ले परीक्षा दिएकोमा ३३ हजार १ सय ५८ जनाले अध्यापन अनुमति पत्रको परीक्षामा उत्तीर्ण गरेको हुन् ।

साउन २८ गते सञ्चालन गरेको लाइसेन्स परीक्षाको नतिजामा प्रदेश १ बाट  संख्या ३१ हजार ६ सय ८८ जना  सहभागी भएकोमा ६ हजार ४ सय १९ जना पास भएका छन् ।

प्रदेश १ मा २०.२५ प्रतिशतले उत्तीर्ण गरेका छन् । मधेश प्रदेशमा २५ हजार ८१ जनामा २ हजार ६ सय ५७,  अथवा १०.५९ प्रतिशतले उत्तीर्ण गरेका छन् । त्यस्तै बागमती प्रदेशबाट  २६ हजार २ सय ८२ सहभागीमा ६ हजार ५ सय १९ अर्थात् २४.८० प्रतिशत उत्तीर्ण भएका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा १७ हजार ७६ सहभागीमा ३ हजार ७ सय ५१ वा २१.९७ प्रतिशत, लुम्बुनी प्रदेशमा ३५ हजार १ सय ७९ सहभागीमा ७ हजार ३ सय ५ वा २०.७७ प्रतिशत, कर्णाली प्रदेशमा २४ हजार ६ सय १३ सहभागीमा ३ हजार २ सय ४४ वा १३.१९ प्रतिशत र सूदुरपश्चिम प्रदेशमा २१ हजार ६ सय ५६ सहभागीमा ३ हजार २ सय ६३ जना  अर्थात् १५.०७ प्रतिशत उत्तीर्ण भएका छन् ।

A Levels MA
Thuprai - Books and E-books