CMAT

एक पालिका एक स्माट विद्यालय,पोसिलो ताजा र गुणस्तरीय खाजा (नीति तथा कार्यक्रम सहित)

शिक्षण सिकाइलाई प्रविधिमैत्रि बनाइ सिकाइमा एकरुपता ल्याउन एक पालिका एक स्मार्ट विद्यालय अवधारण कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ । आर्थिक वर्ष २०८१–०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

विद्यालय सञ्चालन, शिक्षक व्यस्थापन, मौलिक भाषा तथा संस्कृति प्रवर्धन गर्न नमुना कानुन निर्देशिका तथा कार्यविधि तयार गरी स्थानीय तहलाई सहजीकरण गरिने घोषणा गरिएको छ ।

स्थानीय उत्पादनलाई उपष्योग गर्दै आधारभूत तहका बालबालिकालाई  पोसिलो ताजा र गुणस्तरीय खाजा खाजा खुवाउन दिवा खाजा कार्यक्रम परिमार्जन गरिने भएको भएको छ । विपन्न लक्षित छात्रवृत्ति कक्षा १२ सम्म विस्तार गर्ने पनि घोषणा गरिएको छ ।

प्राविधिक धारको उच्च शिक्षामा दलित विद्यार्थीको पहुँच पुर्याउन दलित लक्षित गरिन तथा जेशेन्दार छात्रवृत्ति विस्तार गरिने सरकारले घोषणा गरेको छ । आर्थिक वर्ष २०८१–०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।राष्ट्रिय पाठ्यक्रम ढाँचा परिमार्जन गरिने पनि घोषणा गरिएको छ । विद्यालयमा साथी शिक्षक प्रणालीलाई प्रोत्साहन गरिने पनि घोषणा गरेका छन् । प्राथमिक उपचार तथा विपद न्यूनीकरणका लागि १० वर्ष माथिका बालबालिलाई सिप प्रदान गरिने घोषणा गरिएको छ । उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सरकारी कार्यप्रणालीबारे जानकारी गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । शैक्षिक विदामा बसेका विद्यार्थीलाई औपचारिक शिक्षा  र समुदाय विकासमा लगाइने घोषणा गरिएको छ । सामुदायिक विद्यालयमा करिअर काउन्सिलिङ गरिने समेत घोषणा गरिएको छ । अनुसन्धान, नवप्रवर्धन र व्यवसायिक शिक्षा र उद्यमशीलतालाई उच्च शिक्षाको अनिवार्य अंग बनाइने घोषणा गरिएको छ । 

यस्तो छ सरकारको बार्षिक नीति तथा कार्यक्रम

Thuprai - Books and E-books