CMAT

सिम्याटको भर्ना शुल्क एक रुपियाँ

एडुसन्जालले प्रदान गर्दै आएको एलएमएस बेस्ट सिम्याट कोर्समा भर्ना हुन  एक रुपियाा खर्च गरे हुने भएको छ ।

एडुसन्जाल र डिजिटल वालेट कम्पनी आइएमई पे विच  एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौतापछि यस्तो अवसर प्राप्त गर्न सकिने भएको हो ।

यसका अतिरिक्त एडुसन्जालबाट प्राप्त हुने रेफरल कोड प्रयोग गरी आइएमई पे एपमा साइनअप गरेका विद्यार्थी प्रयोगकर्ताहरूले यस एपमा सञ्चालन हुने आइएमई क्वीज साप्ताहिक प्रतियोगितामा भाग लिन र प्रोमोकोड जित्ने मौका पाउने एडुसन्जालले जानकारी दियो ।

यसका साथै आउने दिनहरुमा आइएमई पे एपमा नयाँ अनबोर्ड हुने विद्यार्थीहरूलाई लक्षित गरी आइएमई पे एप मै विभिन्न अफर र प्रतियोगिताहरू उपलब्ध हुने कम्पनीले बताइएको छ।

सम्झौताबाट डिजिटल प्लेटफर्म मार्फत शिक्षाको लाभ उठाउन सकिने र डिजिटल वालेटको प्रयोगको लागि थप प्रयोगकर्ताहरु आकर्षण गर्न सहयोग मिल्ने विश्वास लिइएको छ।

 

Thuprai - Books and E-books