SEE Result 2082

अब इन्जिनियर बन्न लाइसेन्स परीक्षा पास गर्नुपर्छ

इन्जिनियरिङ पेसामा प्रवेश गर्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने प्रावधान गर्दै आजको संघीय संसद्बाट नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयक पारित भएको छ । स्नातकसम्मको इन्जिनियरिङ अध्ययन पूरा गरेपछि लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ। यस अगाडि इन्जिनियरिङ संकायमा स्नातक गरेपछी लाइसेन्स पाईने गरिएको थियो।

२९ जेठ २०७६ मा दर्ता भएको विधेयक राष्ट्रिय सभाबाट १४ पुस २०७६ मा पारित भइसकेको थियो । राष्ट्रिय सभाबाट आएको ३० महिनापछि प्रतिनिधिसभाले यो विधेयक आज पास गरेको हो ।

चिकित्सक, नर्स, वकिल, शिक्षक जस्तै इन्जिनियरहरुले लाइसेन्स परीक्षा उतीर्ण गरेपछि मात्रै इन्जिनियरिङ पेसामा प्रवेश गर्न नेपाल इन्जिनियरिङ परिषदबाट लाइसेन्स पाउने प्रावधान सहित विधेयक पारित भएको छ ।

राष्ट्रिय सभाका अध्यक्षबाट प्रमाणित हुँदै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणिकरण गरेको ३० दिनपछि इन्जिनियरिङ लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने व्यवस्था सहितको यो विधेयक कानुनको रुपमा लागू हुनेछ ।

विधेयकले इन्जिनियरिङ परिषदलाई सातै प्रदेशमा शाखा कार्यालय खोल्न पाउने, अनलाइन मार्फत सेवा प्रदान गर्न सक्ने लगायतका सुविधा सुनिश्चित गरेको छ ।

संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले लाइसेन्स लिन परीक्षा अनिवार्य गरिएपछि गुणस्तरमा उठेको प्रश्नको स्वतः निरुपण हुने बताए ।

+2 School
Counseling
Bachelors Portal