अब विश्वविद्यालयमा सुरक्षा युनिट

अब विश्वविद्यालयमा सुरक्षा युनिट

सरकारले विश्वविद्यालय परिसरबाट विद्यार्थी सङ्गठन हटाउन बल प्रयोग गर्ने तयारी गरेको छ। विश्वविद्यालय अनुदान आयोगको संयोजनमा बसेको बैठकले विश्वविद्यालय परिसरमा अस्थायी तथा स्थायी सुरक्षा युनिट राखेर विद्यार्थी सङ्गठन हटाउने निर्णय गरेको हो।

बैठकमा मुलुकका सबै विश्वविद्यालयका पदाधिकारी तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, सहसचिवलगायतका अधिकारी सहभागी थिए। बैठकले विश्वविद्यालय परिसरमा रहेका विद्यार्थी सङ्गठनका झण्डा र भित्तेलेखन हटाउने निर्णयसमेत गरेको छ।

विश्वविद्यालयमा दलीय राजनीतिलाई अन्त्य गर्ने उद्देश्यले सरकारले अघि सारेका १०० वटा शासकीय सुधारका बुँदामध्ये यस विषयलाई प्राथमिकतामा राखिएको छ। उक्त निर्णय कार्यान्वयन गर्न विश्वविद्यालयका पदाधिकारीले विद्यार्थी सङ्गठनलाई उपलब्ध गराइएका कार्यालय तत्काल खाली गराउने र आगामी दिनमा त्यस्ता कार्यालय उपलब्ध नगराउने प्रतिबद्धता जनाएका छन्।

विश्वविद्यालयपरिसरमा विद्यार्थी सङ्गठनको झन्डा, ब्यानर तथा भित्तेलेखनहटाउने निर्णय पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयमा केही दिनअघि भएको संयुक्तबैठकले गरेको छ ।

विश्वविद्यालयको ऐनमा दलीय विद्यार्थीसङ्गठनसम्बन्धी कुनै विषय भएमा त्यसलाई हटाउन तीन महलको प्रस्ताव तयार पारी तत्कालआयोगमार्फत शिक्षा मन्त्रालयमा पेस गर्ने निर्णय पनि गरिएको छ 

पछिल्लो अपडेट:
क्याटेगरी:
सेयर: