CMAT

खुद विद्यार्थी भर्नादर बागमती र कर्णालीमा राष्ट्रिय औसतभन्दा बढी (आर्थिक सर्वेक्षण सहित)

शैक्षिक सत्र २०८० मा सबै तहको खुद विद्यार्थी भर्नादर बागमती र कर्णाली प्रदेशमा राष्ट्रिय औसतभन्दा बढी रहेको पाइएको छ । अर्थ मन्त्री वर्षमान पुनले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०–८१ मा  मधेस प्रदेशमा सबैभन्दा कम  भर्ना दर रहेको उल्लेख गरिएको छ ।

शैक्षिक सत्र २०८० मा कक्षा १ देखि १२ सम्मका कुल ७१ लाख ४३ हजार ३ सय विद्यार्थीमध्ये ६९.९ प्रतिशत सामुदायिक विद्यालयमा र संस्थागत विद्यालयमा ३०.१ प्रतिशत अध्ययनरत रहेको सर्वेक्षणमा उल्लेख छ ।  प्रदेशगत रूपमा कर्णाली प्रदेशका कुल विद्यार्थीमध्ये ९०.३ प्रतिशत सामुदायिक विद्यालयमा अध्ययनरत छन् । यसैगरी, बागमती प्रदेशका ५०.३ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् ।

शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कुल ४ लाख ८४ हजार ९ सय २४ विद्यार्थी सहभागी भएका थिए । राष्ट्रियस्तरमा जिपिए २.०० देखि २.४० प्राप्त गर्ने विद्यार्थी सङ्ख्या सबैभन्दा बढी २१.१ प्रतिशत रहेका छन् । जिपिए ३.६० देखि ४.०० प्राप्त गर्ने कुल विद्यार्थीमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ११.६३ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ०.६४ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।

आर्थिक सर्वेक्षण हेर्नुहोस्ः

Thuprai - Books and E-books