पछिल्ला दिनमा नेपाली विद्याथीको जापानी भाषा प्रति मोह बढ्दै गएको पाइएको छ ।
तीन महिनाको अवधि (साउन एक देखि असोज ३० गते सम्ममा) जापान जाने नेपाली विद्यार्थीको संख्या ९ हजार ६३८ जना रहेको छ । त्यसमा भाषा सिक्न जाने मात्र ९ हजार ९४ जना रहेका छन् । भने अन्य विषय अध्ययनका लागि भनेर अरु विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।
साउन एक गतेदेखि असोज ३० गतेको अवधिमा २७ हजार ४२३ जनाले एनओसी लिएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक अनुसार व्यवस्थापन अध्ययनकालागि यो अवधिमा ६ हजार ८२९ जना, विजनेसका लागि १८६९, इन्जिनियरिङका लागि ११३९,स्वास्थ्यका लागि ११४२ जनाले एनओसी लिएका छन् ।
विभिन्न ५६ देशका लागि लिएको एनओसीमा जापानपछि युकेका लागि ५हजार ४३५ जनाले एनओसी लिएका छन् । भने अकेरिकाका लागि ३ हजार ६४ जनाले एनओसी लिएका छन् । अष्ट्रेलियाका लागि २ हजार २६२ जनाले एनओसी लिएका छन् भने अघिल्लो वर्षको तुलनामा यो वर्ष क्यानडा जानेको संख्या कम रहेको छ । पतिल्लो तीन महिनामा क्यानडाका लागि ९११ जनाले एनओसी लिएका छन् ।
आर्थिक वर्ष २०८० साउन एक गतेदेखि २०८१ असार ३१ गतेसम्म १ लाख १२ हजार ५९३ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । आर्थिक वर्ष २०८० को वैशाख एक गते देखि चैत ३० गतेसम्म कुल एक लाख १४ हजार ४२२ जना विद्यार्थीले एनओसी लिएका छन् । वैशाखदेखि साउन सम्म १८२९ जनाले एनओसी लिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । नयाँ एनओसी जारी गर्दा पुरानो एनओसी पत्र रद्द हुने भएकाले देशगत र विषयगत तथ्याङ्क फरक पर्न गएको एनओसी शाखाले जनाएको छ ।