Bachelors Portal

नेपाल विश्वविद्यालय विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइयो (विधेयकसहित)

Managed Admission 2022

राष्ट्रिय सभाबाट नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हिजो विधेयक प्रमणित गरेका हुन् ।   विधेयक प्रमाणीकरणका लागि हिजै  राष्ट्रपति समक्ष पठाइएको उनको सचिालयले जनाएको छ ।

सो विधेयक प्रतिनिधिसभाबाट गत भदो २४ गते पारित गरिएको थियो । 

सरकारले दक्ष, सिर्जनशील, उद्यमशील र प्रतिस्पर्धी मानवस्रोत उत्पादन गर्न गैरसरकारी क्षेत्रमा सार्वजनिक विश्वविद्यालय स्थापना र सञ्चालन गर्न आवश्यक ठानी सो विधेयक संसदमा पेस गरेको थियो ।

विसं २०७९ मङ्सिर २० गते  तत्कालीन शिक्षा मन्त्री देवेन्द्र  पोडेलले सो विधेयक दर्ता  गराएका थिए ।

सो विधेयक गत असार १८ गते राष्ट्रियसभाबाट पारित भएको थियो ।

अन्तरविधात्मक अवधारणा (लिबरल आर्टस्) मा आधारित बहुविधागत गुणस्तरीय अध्ययन, अध्यापन र अनुसन्धानमार्फत दक्ष, सिर्जनशील र प्रतिस्पर्धी मानवस्रोतको उत्पादन गर्न मुनाफा वितरण नगर्ने गैरसरकारी क्षेत्रको विश्वविद्यालयका रुपमा उक्त संस्था स्थापना गर्न लागिएको विधेयकमा उल्लेख छ ।

नेपाल विश्वविद्यालय विधेयक,२०७९

 

Select college / campus