Bachelors Portal

बार्षिक ७० जनालाई इन्जिनियरिङ पढाउँदै नेपाल इन्जिनियरिङ कलेज

Managed Admission 2022

भक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजले  बार्षिक ७० जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

कलेजले छात्रवृत्तिका लागि वार्षिक १५ करोड रुपियाँ खर्च गर्दै आएको बताएको छ ।

कलेजले विश्वविद्यालयको १० प्रतिशत छात्रवृत्तिबाँहेक अन्य शीर्षकमा छात्रावृत्ति प्रदान गर्ने गरेको सहित बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमा जानकारी दियो । कलेजले वडा, नगरपालिका, प्रादेशिक, कलेज टपर, सेमेस्टर टपर छात्रवृत्ति प्रदान गर्दै आएको कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । पैसाका कारण इन्जिनियरिङ पढ्ने अवसरबाट बञ्चित नगर्न चाँगुनारायण नगरपालिकाकाले समेत बजेट व्यवस्थापन गरेको कलेजको अध्यक्ष समेत रहेका नगर प्रमुख जीवन खत्रीले जानकारी दिए ।

‘विदेश पढ्न जानु गलत हैन । तर, अभिभावकको रेखदेख र संरक्षणमा हुर्किएको, हातमा कुनै सिप नभएको र आफ्नो भविष्यबारे ठिक ढंगले सोच्न सक्ने क्षमताको विकास भइसकेको हुँदैन,’ प्राचार्य भण्डारीले भने, ‘त्यसमाथि नेपालीको आर्थिक अवस्थाका कारण सबै विदेश जाने विद्यार्थीहरू अभिभावककै खर्चमा पढ्न सक्दैनन् ।’कलेजका सहायक प्राध्यापक यमकृष्ण पौडेलले पोखरा विश्वविद्यालयले केही समय अगाडिमात्रै पाठ्यक्रम समय सापेक्ष संशोधन गरिसकेको बताए ।

अहिले सो कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिइसकेको छ । ‘इन्जिनियरिङ विधाका सबै पाठ्यक्रमहरू विश्वव्यापी एकरूपता हुन्छ,’ उनले भने, ‘नेपालमै इन्जिनियरिङ गरेका विद्यार्थीहरू विश्वका धेरै देशहरुमा प्रतिष्ठित कम्पनी र क्षेत्रमा सफलतापूर्वक अगाडि बढिरहेको प्रशस्त उदाहरण छन् ।’

मुनाफारहित सामाजिक शैक्षिक संस्थासमेत रहेको कलेजले आफ्नै करिब २०० रोपनी जग्गामा पूर्वाधार बनाएको छ । १२३ जना पूर्णकालीन शिक्षक –कर्मचारी रहेको उक्त सम्मेलनमा जानकारी दिइएको छ ।

कलेजले युरोप, जापान, भारत लगायत देशका विभिन्न कलेज र विश्वविद्यालयसंग शिक्षक विद्यार्थी एक्सचेञ्जको अवसर दिने बताएको छ ।

अत्याधुनिक ल्याब, आइटी सेन्टरको व्यवस्था, सहरी कोलाहलदेखि मुक्त शान्त तथा हरियाली वातावरण अत्याधुनिक प्रविधि, प्रयोगात्मक शिक्षण विधि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रिसर्चका लागि पहुँचसमेत रहेको कलेजले जानकारी दिएको छ ।

कलेजले स्नातक तहतर्फ ६ वटा विषय र स्नातकोत्तर तहतर्फ ४ वटा विषय अध्यापन गराउँदै आएको छ । स्नातक तहमा बीई सिभिल इन्जिनियरिङ (१४४ सिट), बी आर्किटेक्ट (४८ सिट), बीई सिभिल एण्ड रुलर इन्जिनियरिङ (४८ सिट), बीई कम्प्युटर इन्जिनियरिङ ९९६ सिट), इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ (४८सिट), इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा (४८ सिट), बीई सिभिल फर डिप्लोमा होल्डर्स (४८ सिट)मा बार्षिक  ४८० जनालाई स्नातकमा भर्ना लिँदै आएको छ ।

त्यस्तै स्नातकोत्तर तहतर्फ कन्स्ट्रक्सन म्यानेजमेन्ट, इन्टरडिस्प्लीनरी वाटर रिसोर्स म्यानेजमेन्ट, नेचुरल रिसोर्स म्यानेजमेन्ट र ट्रान्सपोर्टेशन इन्जिनियरिङ म्यानेजमेन्टमा  १५० जना विद्यार्थीलाई नयाँ भर्ना लिने गरेको छ ।

Select college / campus