संस्थागत विद्यालयमा छात्रवृत्ति पाएका विद्यार्थी र विद्यालयको नाम सार्वजनिक (विद्यार्थी र विद्यालयसहित)

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा छात्रवृत्ति पाएका विद्यार्थी र विद्यालयको नाम सार्वजनिक गरेको छ । कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति पाउने २ हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्ट, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको छ ।

महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि गत साउन २० गते लिएको परीक्षाको म्याचिङ् नतिजा र प्रथम भर्नाको योग्यता क्रमको अन्तिम सूची प्रकाशन गरेको हो ।

सो म्याचिङमा विज्ञान विषयमा १ हजार ४५२ जना, व्यवस्थापन विषयमा ७४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इञ्जिनियरिङ्मा ४४ जना, कम्प्युटरमा १८ जना, इलेक्ट्रिकलमा ११ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् ।

छात्रवृत्ति पाउने मध्ये प्राविधिक धारका विषयमा सामुदायिक विद्यालयमा भर्ना लिइने नगर प्रमुख बालेन्द्र शाहले जानकारी दिए । कम्प्युटर विषयमा १८ जना (शिवपुरी मा. वि., महाराजगञ्ज ८ जना र सरस्वती निकेतन मा. वि., ब्रह्मटोल (कम्प्युटर १० जना), सिभिल इञ्जिनियरिङ्मा ४९ जना (ज्ञानोदय सेकेण्डरी स्कूल, बाफल १२ जना, पद्मकन्या मा. वि., डिल्लीबजार २० जना र महेन्द्र राष्ट्रिय मा. वि., बालुवाटार, १७ जना) र इलेक्ट्रिकल ११ (विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर) जनाले भर्ना पाउनेछन् । 

भर्नाका लागि साउन २७ गतेसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीहरुलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीहरुले अनलाइनमार्फत छानेका आधारमा भर्नाका लागि शिक्षण संस्था सिफारिस गरेको उनले बताए ।

प्रकाशित सूचीमा समावेशी कोटा रशिक्षण संस्थाको नाम, वडा नं., अध्ययन गर्ने कार्यक्रमको नाम, विद्यार्थीको नाम, परीक्षाको रोल नं।, श्रेणी (र्याङ्क), प्राथमिकता आदेश (प्राइरोटी अर्डर) समावेश गरिएको छ ।

पहिलो सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरुले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्ने महानगरले जानकारी दियो । महानगरले भदौ ३ गते दोस्रो नतिजा प्रकाशन गर्ने जानकारी दियो ।

पहिलो चरणमा छनोट भएका विद्यार्थी विद्यालय हेर्नुहोस्ः