Bachelors Portal

निमावि लाइसेन्सको आवेदन दिन समय थप

Managed Admission 2022

शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्रको सामान्य परीक्षाको अनलाइन दरखास्त फाराम भर्ने म्याद थप गरेको छ ।

आयोगले भदौ ३१ गते प्रकाशन गरेको विज्ञापन बमोजिम दरखास्त फाराम भर्ने म्याद थप गरेको हो ।

पूर्व सूचना अनुसार सिंगल दस्तुरमा फाराम भर्ने अन्तिम मिति आज  राती ११ बजेर ५९ मिनेट सम्म रहेकोमा अनलाइन पोर्टलमा दरखास्त फाराम भर्ने परीक्षार्थीहरुको अत्यधिक चाप रहेको कारण देखाउँदै कार्तिक २ गतेसम्म म्याद थप गरेको हो ।

दरखास्त दस्तुर तिर्ने समयावधी कार्तिक ४ गते कार्यालय समयसम्म कायम गरेको छ । भने  डबल दस्तुरको समयावधि  कार्तिक ३ गतेदेखि ६ गते राती ११ बजेर ५९ मिनेट सम्म कायम गरेको छ ।

दोब्बर दस्तुरको  राजस्व तिर्ने समयावधी कार्तिक ७ गते कार्यालय समयसम्म कायम गरिएको आयोगद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Select college / campus