Bachelors Portal

गण्डकी विश्वविद्यालयमा एमआइटी एआई पढाइ हुने

Managed Admission 2022

गण्डकी विश्वविद्यालयले चालु शैक्षिक शत्रदेखि पहिलोपल्ट एमआइटी एआई’बुट पढाइ हुने भएको छ । विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लिजेन्स कार्यक्रम सञ्चालन चर्गे भएको हो ।

 स्नातकोत्तर तहमा एआई विषय पढाउन विश्वविद्यालयले पाठ्यक्रम तयार पारेको विश्वविद्यालयले जानकारी दियो ।

विश्वविद्यालयका डिन कपिल अधिकारीले एमआइटी एआईको आवश्यकता ठानेर नै कार्यक्रम तयार पारिएको बताए । उनले विश्वविद्यालयले प्राविधिक विषयलाई प्राथमिकतामा राखेर एआई अध्ययन गर्ने विद्यार्थी पछाडि नपर्ने भनाइ उनको दाबी छ ।

सरकारी तथा गैरसरकारी क्षेत्रमा एआई प्रयोग बढाउने उद्देश्यसहित विश्वविद्यालयले एमआईटी एआई कार्यक्रम तयार गरेको उनले बताए ।

प्राकृतिक विज्ञानमात्र नभई समाज विज्ञानसँग जोडेर यसको पाठ्यक्रम तयार गरिएको हुनाले यो विषय बढी व्यावहारिक हुने रजिष्ट्रार डा कैलाश तिमिल्सिनाले बताए । अहिले पढाउनका लागि दक्ष जनशक्ति अभाव रहेको उनले बताए । उनले अन्तर्राष्ट्रिय संस्थासंग सहकार्य गरी पढाइ सञ्चालन गरिने जानकारी दिए । तिमिल्सिनाले राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञसंगको लामो छलफलपछि पाठ्यक्रम तयार पारिएको बताए ।

 विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले यो कार्यक्रम विश्वबजारको मागअनुसार तयार गरिएको बताए । यो दुई वर्से कार्यक्रम भएको उनले जानकारी दिए । उनले विज्ञान प्रविधिमा स्नातक उत्तीर्ण भएकाले मात्र यो विषय पढ्न सक्ने जानकारी दिए । प्रतिसेमेस्टर २० जना विद्यार्थी प्रवेश परीक्षामार्फत छनोट गरिने उनले जानकार दिए । विश्वविद्यालयले यसका लागि छुट्टै प्रयोगशाला बनाउन लागेको छ ।

विश्वविद्यालयले स्नातक तहमा आईटी, फार्मेसी, बीबीए, स्पोर्ट्स म्यानेजमेन्ट र कानुन संकाय गरी ५ कार्यक्रम सञ्चालन गर्दै आएको छ । अहिले ५२ जिल्लाका ४ सय ७६ विद्यार्थी अध्ययनरत छन् ।

 

Select college / campus