आव. २०७७–७८ को लेखापरीक्षणमा देखिएको मध्यपश्चिम विश्वविद्यालयको बेरुजु फस्र्यौट भई रु. ३ करोड ५२ लाखमा झरेको छ ।
विश्वविद्यालयको बेरुजु सो आर्थिक वर्षमा को रु. ४० करोड ५० लाख बराबर भएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बताएका छन् । विश्वविद्यालयको तेह्रौं सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।
बालुवाटारमा आज सम्पन्न बैठकलाई सम्बोधन गर्दै विश्वविद्यालयका सम्पूर्ण शैक्षिक कार्यक्रमहरूलाई परिवर्तन गरी विश्वव्यापी रूपमा मान्य हुने किसिमले विकास गर्न विश्वविद्यालयको पाठ्यक्रम निर्माणको आधिकारिक ढाँचा निर्माण गरी लागु गरिसकिएको जानकारी दिए ।
उक्त बैठकलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुरु देउवाले विश्वविद्यालयलाई सेन्टरफर एक्सलेन्सको रुपमा विकास गर्नुपर्ने बताए ।