चिकित्सा शिक्षा आयोगको बैठक : निजीलाई भन्दा सरकारीलाई बढी विद्यार्थी कोटा दिने निर्णय

चिकित्सा शिक्षा आयोगको बैठक : निजीलाई भन्दा सरकारीलाई बढी विद्यार्थी कोटा दिने निर्णय

चिकित्सा शिक्षा आयोगले सरकारी तथा निजी क्याम्पसमा स्नातकोत्तर (पोस्ट ग्राजुएट–पीजी) तहमा अध्ययन गर्ने विद्यार्थीका लागि सिट सङ्ख्या निर्धारण गरेको छ।

आइतबार सिंहदरबारमा बसेको आयोगको बैठकले पीजी अध्ययनका लागि विभिन्न क्याम्पसलाई उपलब्ध गराइने सिटको कोटा तय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कुन कलेजलाई कति सिट उपलब्ध गराउने भन्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए।

सरकारी क्याम्पसलाई एक हजारभन्दा बढी र निजीलाई एक हजारभन्दा केही कम दिनेगरी विभाजन गरिएको उनको भनाइ छ । सरकारको यस निर्णयबारे सबै खुसी रहेको उनले बताए । उनले भने, ‘चिकित्सा शिक्षा आयोगको बैठकमा पोस्ट ग्राजुएट पढ्ने विद्यार्थीहरूको कुन कलेजलाई कति सिट दिने भन्ने कुरामा छलफल भयो । करिब सरकारी कलेजलाई हजार भन्दा अली बढी र निजीलाई हजारभन्दा अलिकति कम सिट विभाजन गरिएको छ । माथि बसेर त्यत्रो सिट तोकियो त्यो पनि काम नै हो । सहभागीहरू सबै खुसी छ । सबैलाई सिट संख्या पुग्यो रे । सबै खुसी छ ।’

आइतबार आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिक्षा आयोगको बैठक बसेको हो ।

पछिल्लो अपडेट:
क्याटेगरी:
सेयर: