Bachelors Portal

कक्षा ११ को छात्रवृत्तिका लागि म्याचिङ लिष्ट सार्वजनिक (लिष्टसहित)

Managed Admission 2022

काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षाको उत्तीर्ण विद्यार्थीको म्याचिङ लिष्टमा परेका २ हजार ८५९ जना विद्यार्थीका नाम सार्वजनिक गरेको छ ।

समूहगत र विषयगत योग्यताक्रम आधारमा पहिलो चरणको मनोनयन सूची (म्याचिङ लिष्ट)  हिजो बसेको छात्रवृत्ति छनोट समितिको निर्णयानुसार सार्वजनिक गरेको हो ।

छात्रवृत्तिमा मनोनयन भएका परीक्षार्थीहरुले entrance.kathmandu.gov.np बाट मनोनयन पत्र प्रिन्ट गरी तोकिएको शिक्षण संस्थामा १५ गतेभित्र भर्ना हुनुपर्ने महानगरपालिकामा जारी गरेको सूच्नामा उल्लेख छ ।  शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययनको लागि कुनै पनि दाबी विरोध गर्न नपाइने  सूच्नामा उल्लेख छ ।

साउन १५ गतेसम्ममा भर्ना नभई रिक्त रहेका सिटसमेतमा मनोनयनका लागि पछि सूचना प्रकाशन गरिने छ ।

छात्रवृत्ति छनोट समितिका संयोजक एवं शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माका अनुसार तोकिएको समयभित्र भर्ना नभए त्यसपछि कुनै पनि प्रकारको दावी विरोध गर्न पाइँदैन ।’ शर्मा भने, ‘साउन १५ गतेभित्र भर्ना नभइ रिक्त रहेका सिटसमेतका लागि दोस्रो सूची प्रकाशन हुनेछ ।

विज्ञान विषयमा छात्रवृत्तिका लागि लागि १ हजार ७५७ वटा छात्रवृत्ति कोटा उपलब्ध छ । यसमा ८ हजार ४९७ जनाले आवेदन दिए । परीक्षामा ७ हजार ६६५ जना सहभागी भए । ६ हजार ७२० जना उत्तीर्ण भए । उत्तीर्णमध्ये १ हजार ६३७ जनाको नाम पहिलो सूचीमा प्रकाशन भएको छ । 

व्यवस्थापन विषयमा २ हजार ४९३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि २ हजार ५८१ जना विद्यार्थीले आवेदन दिए । २ हजार ३२८ जनाले परीक्षा दिए । परीक्षार्थीमध्ये १ हजार ३८१ जना उत्तीर्ण भए । 

यस विषयका लागि पहिलो म्याचिङ् लिष्टमा १ हजार १४६ जनाको नाम प्रकाशित भएको छ । 

कानुन विषयमा १३६ वटा छात्रवृत्ति कोटा छ । यस विषयका लागि १५३ जनाको आवेदन परेको थियो । १३२ जनाले परीक्षा दिएकोमा ७३ जना उत्तीर्ण भए । उत्तीर्णमध्ये ५३ जनाको नाम प्रकाशित भएको छ । 

मानविकी विषयमा अध्ययनका लागि १७३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि १३ जनाको आवेदन थियो । आवेदकमध्ये ११ जनाले परीक्षा दिए । यस्तै ८ जना उत्तीर्ण भए । 

यस विषयका लागि उत्तीर्ण सबैको नाम प्रकाशन भएको छ । 

शिक्षा विषयका लागि ७० वटा छात्रवृत्ति कोटा छ । यसका लागि ३७ जना आवेदकमध्ये ३२ जना परीक्षामा सहभागी भए । १५ जना उत्तीर्ण यस विषयका लागि उत्तीर्ण सबैको नाम प्रकाशित छ । 

छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आवेदन दिन महानगरपालिकाले असार १५ गते विहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको थियो । यस प्रणालीबाट असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन लिइएको थियो । 

प्रणालीबाट ११ हजार ८७१ जना विद्यार्थी आवेदन दिएका थिए । जसमध्ये ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएको थियो । साउन ४ गते ३८ वटा केन्द्रबाट परीक्षा सञ्चालन भएको थियो । 

साउन ७ गते योग्यता क्रम प्रकाशन भयो । यस नतिजामा चित्त नबुझे पुनर्योग वा दावी विरोधका लागि ३ दिन (साउन १० गते साँझ ५ बजेसम्म) समय दिइयो । यस अवधिमा १४३ जनाले पुनर्योगका लागि आवेदन दिएका थिए । यसमध्ये १ जनाको नतिजा परिवर्तन भएको छ ।  

म्याचिङ लिष्ट 

Select college / campus