मनमोहन प्राविधिक विश्वविद्यालयले विभिन्न पदमा शिक्षक तथा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । प्रशासन सेवा अन्तर्गतका पाँचौं तहका पदहरूको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि विश्वविद्यालयले आज विज्ञापन गरेको छ ।
उक्त तहका लागि खुला प्रतियोगिताको हकमा असार ३ सम्म र दोब्बर दस्तुर तिरी असार १० सम्मम आवेदन दिन सकिने आज प्रकाशित सिूच्नामा उल्लेख गरेको छ ।
आन्तरिक प्रतियोगिताको हकमा भने जेठ २१ सम्ममा आवेदन दिनु पर्ने उल्लेख छ । खुला प्रतियोगिताको हकमा १८ (अठार) वर्ष उमेर पूरा भई ४० (चालीस) वर्ष ननाघेको हुनुपर्नेछ । मनमोहन प्राविधिक विश्वविद्यालयको सेवामा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीलाई भने उमेरको हद लाग्ने छैन ।
आन्तरिक तर्फ शिक्षक माग
मनमोहन स्मृति पोलिटेक्निकको स्वीकृत दरबन्दीमा कम्तीमा तीन वर्षदेखि नियमित रूपमा करार वा सेवा करारमा कार्यरत शिक्षक वा कर्मचारीबाट पदपूर्ति गर्ने गरी आवेदन माग गरेको छ ।
मनमोहन प्राविधिक विश्वविद्यालय शिक्षक तथा कर्मचारीको सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०७८ को नियम ९८ को विशेष व्यवस्था अन्तर्गत उपनियम (१) मा व्यवस्था भए बमोजिम आवेदन माग गरेको हो ।
सीमित आन्तरिक खुला प्रतियोगिताको दरखास्त आह्वान गरेको हो ।
तोकिएको न्यूनतम अवधि र योग्यता पुगेका उम्मेदवारले आयोगको कार्यालयबाट दरखास्त फाराम लिई (वा आयोगको वेबसाइटबाट डाउनलोड गरी) दरखास्त फारामका सबै महलमा स्पष्ट विवरण खुलाई आयोगको कार्यालय दुहबी–४, सुनसरीमा बुझाउनुपर्नेछ ।